वेलायतमा कोरोना संक्रमणबाट एकै दिन १४ जनाको मृत्यु



कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।

वेलायतमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ।

महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।

जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछन्।

चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ।

अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन्। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ। युरोपभरि विद्यालयहरू बन्द रहनेछन्।

चीनबाट फैलिएको कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। उसले कोभिड-१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।

विश्वभरि अहिलेसम्म १,६२,६८७ मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। त्यसको झन्डै आधा (८१,००३) चीनमा भेटिएका हुन्।

कोभिड-१९ बाट मृत्यु हुने मानिसको सङ्ख्या ६,००० नाघेको छ। त्यसमा आधा अर्थात् झन्डै ३,०८५ जनाले चीनमा ज्यान गुमाएका हुन्।

दक्षिण अफ्रिकाले बुधवारदेखि कोरोनाभाइरसको महामारी फैलिएका देशका नागरिकलाई प्रवेश नदिने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा