कोरोना संक्रमणका नयाँ भ्रम र वास्तविकता



महामारी वा प्राकृतिक बिपत्तिको समयमा हल्लाको औंला समाएर हिंड्नु हुँदैन | अहिले केहि जबर्जस्त हल्लाहरु चलेका छन् |
– कोरोना संक्रमण भयो भने मरिन्छ भनेर धेरैजना आत्तिएको देखिन्छ | विश्वको डाटा हेर्नुहोस | कोरोना संक्रमणबाट देश अनुसार ०.७ देखि ३.५ % सम्म मृत्युदर देखिएको छ | यो संख्या धेरै हैन | मृत्यु भएका ६ हजार मध्ये कोरोना संक्रमणको महामारी नआएको भए पनि झन्डै ३० % को आफ्नै कालले मृत्यु हुन्थ्यो |

– रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ | अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो | अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ | संक्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ | इरानमा कोरोना संक्रमित व्यक्तिहरु यहि भ्रममा पर्दा झन्डै ४० जना व्यक्तिको रक्सीले ज्यान लियो |

– धेरै उमेर भएका तथा दीर्घ बिरामीलाई कोरोना संक्रमण भयो भने ज्यान जान्छ भन्ने अर्को भ्रम छ | प्रेसर, सुगर, श्वासप्रश्वास आदिका औषधि सेवन गरेर आफ्नो काम गरिरहेकालाई जोखिम नगन्य छ | मधुमेहमा पनि टाइप – २ मधुमेहका बिरामीलाई खासै खतरा छैन | टाइप – १ लाई जोखिम मानिन्छ | जोखिम भनेको मृत्यु हैन | संक्रमणबाट साबधानी अपनाउनु पर्ने हो | त्यस्तै अन्य रोग लागेर औषधि सेवन गरेका, खानपिनमा ख्याल गर्ने, भीडभाडमा नजाने, सफा बस्नेत् तथा उच्च आत्मबल भएका व्यक्तिलाई जोखिम एकदम कम छ |

– लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन | रोगसँग लड्ने क्षमता बढाउने हो | गोमुत्र सेवनले भाइरस मर्दैन | बरु अरु संक्रमण हुनसक्छ | आत्तिएर जे पायो त्यहि खाने नगरौं |

– रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो हुँदैमा कोरोना संक्रमण भएको हुँदैन | यी मौसमी रुघाखोकीका लक्षण हुन् |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ