यसरी प्रयोग गर्ने कि मास्क



नारायण गाउँले ।
झट्ट हेर्दा सड़कमा मास्क लगाएको मान्छे सङ्क्रमण या प्रदूषणबाट जोगिएको जस्तो देखिन्छ । तर मास्ककै कारण ऊ झन बढ़ी जोखिममा हुनसक्ने बारे हामी सोच्दैनौं ।

हामी प्रायः एउटै मास्क बिहानदेखि बेलुकासम्म लगाउँछौं । दिनमा धेरै पटक हातले समाएर खोल्छौं, मास्क घाँटीमा मालाजस्तो बनाएर पानी, चिया या चटपटे खान्छौं र फेरि घाँटीबाट अनुहारमा पुऱ्याउँछौं । हल्का रूघा लागेको छ र गोजीमा टिस्यु छैन भने अलिअलि त्यही मास्कले काम चलाउन पनि भ्याउने रहेछौं । पब्लिक बसमा हातले झ्यालको सिसा खोल्नेदेखि अगाडिको सिटको डण्डी समाउनु सामान्य नै हो । त्यही हात धेरैसँग मिलाउनदेखि मोटरसाइकिल चलाउनसम्म प्रयोग हुन्छ ।

कोही चिनेजानेको भेटियो, मास्क लगाएर बात मार्दा मजा आउँदैन, एकछिन त्यही हातले मास्क तल झारेर हेलोहाइ भन्नै पर्यो । घरिघरि त्यो मास्क अलि माथि सरेर आँखा छोप्छ र असजिलो हुन्छ । गर्मी, धुलो र धुवाँले बाफिएर त्यो मास्क ओसिलो बन्नु पनि सामान्य नै भयो । साधारण मास्क त उल्टो सुल्टो छुट्याउन हतार भएर दिनमा दुबैतिर फर्काएर लगाएको अनुभव पनि छ कि ?

यसले त मास्कलाई सुरक्षा कवच होइन, शरीरको सबैभन्दा बढ़ी प्रदूषित कपड़ा बनाइरहेको हुन्छ । त्यसरी बारम्बार छोइएको र तलमाथि गरिएको मास्कले त कीटाणु जम्मा गर्ने र नाक-मुख-आँखासम्म पुर्याउने काममात्रै गर्छ । खुला हावाबाट बरू थोरै भाइरस छिर्दो हो, शरीरको प्रतिरोधक क्षमताले त्यसलाई नष्ट गर्दो हो, तर घन्टौँ लगाएर कीटाणु जम्मा गरेर नाकमा सोझ्याएपछि त काम तमाम हुने भो । यो त शिला खोजेर एकैपल्ट भकारीमा हालेजस्तो भयो । मास्कका नाममा नाकैमा प्रदूषणको कारखाना खोल्नु झन बढ़ी खतरनाक हुने रहेछ । अझ हामीले प्रयोग गर्ने अधिकांश मास्कले कीटाणु त परको कुरा, धुलोसम्म पनि नरोक्ने रहेछन् ।

एकपल्ट साबुनपानीले धोएको हातले मास्क लगाएपछि काम पूरा नहुन्जेल मास्क नछुने र हात सफा गरेपछि मात्रै खोल्ने हो भने मास्कले काम गर्छ । त्यो पनि कुन उद्देश्यका लागि बनेको कस्तो मास्क हो भन्नेमा निर्भर गर्छ । डिस्पोजेबल हो भने एकपल्ट खोलेपछि बिनमा फालिदिने र पुनःप्रयोग गर्न मिल्ने हो भने धोएर सुकाइहाल्ने बानी छैन भने मास्क लगाउनु झन बढ़ी जोखिम निम्त्याउनु हो । कतिपय कीटाणु त साबुनपानीले पनि सजिलै नमर्ने हुन्छन् । खोल्ने र लगाउने बाध्यता छ भने झोलामा दुई-तीन थान सफा मास्क बोक्न सकिन्छ । श्राद्धमा खोजेर बिरालो बाँधेजस्तो उल्टो पैसा खर्च गरेर मास्कको नाममा जोखिम मोल्नु त बुद्धिमानी पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका