कोरोनाभाइरसको प्रकोप बढेपछि अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढेपछि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन उनले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।

ट्रम्पले संघीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब डलरसम्म सहयोग गर्न सक्ने बताए । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।

उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरेका छन् । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिएका छन् ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । ह्वाइट हाउसबाट संकटकाल घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए ।

अमेरिकामा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय संक्रमित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसबाट विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । यो १ सय २३ देशमा फैलिएको छ । गत डिसेम्बर अन्तिम साता चीनमा देखिएको यो भाइरसले अहिले युरोपमा महामारीको रुप लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर