कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट भारतको कर्नाटक कालबुर्गीका ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
उनी साउदी अरबबाट हालै भारत फर्किका थिए । कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण विभागले विगतमा उनीसँग सम्पर्कमा आएकाहरुलाई पनि खोज्ने काम भइरहेको जनाएको छ । उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ ।