कोरोना संक्रमणको मानसिक चिन्ता कसरी हटाउने ?



आजको शक्तिशाली विश्व आँखाले देख्न नसकिने कोरोना भाइरसको कारण त्रसित छ | हरेक बर्ग, समुदाय र देशका व्यक्तिहरुले आफुलाई असुरक्षित ठानिरहेका छन् | यस्तो लाग्दैछ, कोरोना संक्रमणले भन्दा कोरोना चिन्ताले मान्छेहरु पीडित भइरहेका छन् | समयमै कोरोना चिन्ताको ख्याल नगर्ने हो भने ठूलो संख्यामा मनोरोगी बढ्ने खतरा छ | आत्मबल, आत्मविश्वास, सकारात्मक तथा आशाबादी सोंच एबम पूर्व तयारीले कोरोना चिन्तालाई पराजित गर्न सकिन्छ | यसको लागि :
१. आफुलाई सक्रिय राख्ने | पहिलेभन्दा धेरै काम गर्ने | संकटको लागि आर्थिक क्षमता बढाउने |
२. प्रात भ्रमण, ब्यायाम, योग, ध्यान, चिन्तन तथा आफ्नो आस्था अनुसारका धार्मिक / सांस्कृतिक अनुष्ठान गर्ने |
३. अत्यन्त विश्वासिला संचार माध्यम, चिकित्सक, जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीका आधिकारिक कुराको मात्र विश्वास गर्ने | मेडिया ब्रेक लिने | अबैज्ञानिक टिप्सको विश्वास नगर्ने |
४. सामाजिक संजाल प्रयोग जति सकिन्छ, घटाउने |
५. सहयोगी, आशाबादी तथा सकारात्मक व्यक्तिहरुसंग समय बिताउने |
६. बालबालिका तथा जेष्ठ नागरिकलाई भरोसा,विश्वास तथा परामर्श दिने |
७. नियमित औषधि सेवन गर्ने व्यक्तिको मनोबल बढाउनको लागि ३-४ महिनाको औषधि किनेर स्टक राख्ने |
८. कारणबश कोरोना प्रकोप फैलिएमा वा नाकाबन्दी भएर आपूर्ति समस्या भएमा भोग्नुपर्ने प्रतिकूल अवस्थाको योजना बनाउने | जस्तै ; चामल, दाल, ग्यास, तेल, नुन, पानी जस्ता अत्यावश्यक सामग्री २-३ महिनाको लागि सुगम बनाउने |
९. सरकार, सरकार मातहतका अंग, स्वास्थ्यकर्मी, अस्पताल, नीजि क्षेत्र, आफन्त तथा छिमेकीहरु एबम अन्तराष्ट्रिय समुदायको विश्वास गर्ने |
१०. संक्रमित भएमा कहाँ बस्ने, कहाँ उपचार गर्ने लगायतका बिषयको पूर्व योजना बनाउने |
११. आफुलाई अप्ठ्यारो परेमा सहयोग गर्न सक्ने व्यक्ति तथा समुदायसंग सम्बन्ध थप बलियो बनाउने |
१२. पोषिलो खाना खाने, पर्याप्त सुत्ने, सफा रहने, जोक गर्ने, रमाइला कार्यक्रम हेर्ने, समाजले हौसला दिने खालका काम गर्ने आदि गरेर शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहने |
१३. मनमा कोरोना सम्बन्धि कुरा खेलिरहेमा आत्मविश्वास बढाउने खालका प्रबचन सुन्ने ( जस्तै : ओशो, रविशंकर, धार्मिक गुरुहरु, मोटिभेसन स्पिकर आदि ), अन्य सिर्जनशील काम गर्ने |
१४. सहरमा कोरोना संक्रमण तीब्र भएमा गाउँ जाने बिकल्प तयार गर्ने |
१५. बैदेशिक भ्रमण स्थगित गर्ने, आन्तरिक भ्रमणमा निस्किने | भ्रमणले तरोताजा बनाउँछ | मिल्ने समुहसंग हाइकिंग जाने |
१६. चिन्ता तथा तनाबलाई लेख्ने | दैनिक डायरी लेख्ने |
१७. आफ्ना प्रियजनलाई प्रेमिल पत्र, मेल, म्यासेज लेख्ने |
१८. आफ्नो ब्यबसायमा घाटा भएमा यसलाई अल्पकालीन ठानेर अनुकुल दिनको लागि तयारी गर्ने | नयाँ ब्यबसाय, सेयरमा लगानी जस्ता काम केहि समयलाई स्थगित गर्ने |
१९. धेरै तनाब र चिन्ता भएमा मनोरोग बिशेषज्ञ, मनोपरामर्शदातासंग सम्पर्क गर्ने | आबश्यक परे थेरापी तथा उपचार सुरु गर्ने |
२०. अरुको जे ताल आफ्नो पनि त्यहि ताल भन्ने सोंचेर चिन्तालाई न्यूनीकरण गर्ने | जन्म, वृद्धि, क्षय र मरणको प्रक्रियालाई आत्मसात गर्ने |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय