कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा



कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन्।

उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन्।

कोभिड-१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ।

सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो।

एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्।

भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ। त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन्।  यसअघि उत्तरी भेगमा क्वारन्टीनका कारण झन्डै ५०,००० मानिस मात्रै प्रभावित भएका थिए।

इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन्।

सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो। विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘वालुवाटार जग्गा प्रकरणमा मलाई जवरजस्ती जोडेर आरोपित गर्न खोज्नु कानुनी राजको ठाडो उपहास हो’

लीलामणि पौड्याल । हालै पत्रपत्रिका र सामाजिक संजालमा बालुवाटार जग्गा प्रकरण सम्बन्धी लामो

रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन

रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिलाई

भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

भारतमा कोभिड–१९ सङ्क्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले

पार्टीमा विधि पद्धतिको उपेक्षा र अवज्ञा हुन नपाओस्ः नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ । प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमकाविरुद्ध हाम्रो पार्टीद्वारा शुक्रबार राजधानीमा