कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा



कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन्।

उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन्।

कोभिड-१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ।

सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो।

एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्।

भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ। त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन्।  यसअघि उत्तरी भेगमा क्वारन्टीनका कारण झन्डै ५०,००० मानिस मात्रै प्रभावित भएका थिए।

इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन्।

सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो। विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक