कोरोनाको त्रासः ‘अत्यावश्यक काम भएका बाहेकका व्यक्तिलाई गाउँ फर्किन प्रोत्साहित गरोस्’



कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुँदैछ | हरेक तह र तप्कामा यसको डर र चिन्ताले आम जनसमुदाय पिडामा बाँचिरहेका छौं | सरकारले कोरोना संक्रमण रोक्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ | अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ | आम जनता त्रसित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन |

१. सरकारले यथाशिग्र जनस्वास्थ्य संकटकाल घोषणा गरोस |

२. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस |
३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस | अहिले बट्टाका बट्टा औषधि किन्ने काम नियन्त्रण गरोस |
४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाधान्नको ६ महिना पुग्नेगरी स्टक राखोस | आम समुदायले अत्याबश्यक सामग्री घरमा थुपार्ने तथा कालाबजारियाले सामान लुकाएर कृतिम अभाव सिर्जना गर्ने काम नियन्त्रण गरोस |
५. अनाबश्यक हल्ला र आतंक फैलाउनेलाई कारबाही गरोस |
६. बिमानस्थलमा भएको चरम लापरबाही नियन्त्रण गरोस | विमानस्थलमै कोरोना संक्रमण पत्ता लगाउने ल्याबको ब्यबस्था गरोस |
७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस | कोरोना संक्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आबश्यक परेमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरोस |
८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ | यो डरलाग्दो पक्ष हो | तसर्थ अस्पतालमा सुरक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नियन्त्रण गर्ने ब्यबस्था मिलाओस |
९. भीडभाड हुने ठाउँ बन्द गरोस |
१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज बन्द गरोस | स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल बन्द गरोस |
११. कोरोना संक्रमणको डर र त्रास हटाउन सबै निकायलाई परिचालन गरोस |
१२. सम्भब भएका काम अनलाइनबाट ( घरमै बसेर ) गर्न प्रोत्सान गरोस |
१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फर्किन प्रोत्साहित गरोस |
१४. क्वारेन्टाइन, आइसोलेसन, आइसीयु, भेन्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस |
१५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने