कोरोना भाइरसका कारण भारतद्वारा औषधि निर्यातमा नियन्त्रण, विश्वभरि औषधि अभाव हुनसक्ने



विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेका बेलामा भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ । अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन् ।

एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ । ९० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै तीन हजार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो । भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो ।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन् । औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए । निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ ।

यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी१२ पर्छन् । अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टीभन फोरम्यानले यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए । भारत सरकारले उसले सर्वसाधारणलाई यो घोषणाबाट विचलित नहुन तथा शान्त रहन आह्वान गरेको छ ।

उसले देशमा तीन महिनाका लागि पुग्ने औषधिको भण्डार रहेको बताएको छ । भारतका केही स्थानमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन् । भारतले चीन तथा जापानमबाट सयौँ भारतीय नागरिकलाई उद्धार गरी स्वदेश ल्याएको थियो ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकाय एफडीएका अनुसार सन् २०१८ मा अमेरिकाले गरेको कुल औषधि आयातमा भारतको हिस्सा झन्डै एकचौथाइ थियो भने औषधिको कच्चा पदार्थको आयातमा भारतको हिस्सा ३० प्रतिशत थियो ।

एफडीएका आयुक्त स्टीभन हानले भारतको पछिल्लो निर्णयले अमेरिकामा औषधि आपूर्तिमा कति असर पार्छ भनेर निक्र्यौल गर्ने प्रयास भइरहेको मङ्गलवार अमेरिकाको माथिल्लो सभाका सदस्यहरूलाई जानकारी दिए ।

अमेरिकाका ठूला औषधि निर्माता कम्पनीहरूले उनीहरूले आपूर्ति प्रणालीको निगरानी गरिरहेको बताएका छन्। । गत साता माइलन कम्पनीले औषधिको अभाव हुने चेतावनी दिएको थियो । तर अर्को कम्पनी इली लिलीले इन्सुलिनसहित आफ्ना उत्पादनमा कोरोनाभाइरसका कारण कुनै अभाव हुने नठानिएको बताएको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढुक्क रहनुस्, अहिलेको गठबन्धन २०८४ सम्म कायम हुन्छः सभापति देउवा

  सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच

हिमालय पर्वत श्रृङ्खलामा बेलबेलामा गइरहने भूकम्प नेपालको विकासका लागि समस्याः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता

कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !

कसैले पनि राजा बन्छु म, भन्ने थिएन तिमीहरु राजा नबेको भए ! ‘चोर,

संसदमा गाँजाखेतीसम्बन्धी सङ्कल्प प्रस्ताव लैजाँदैछु

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका