बालबालिका र कोरोना संक्रमण



चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ | रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन् | घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका धेरै त्रस्त छन् |
बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरि छ |

– विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ |
– अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो | कोरोनाको लक्षण हैन | नेपाल हालसम्म कोरोनामुक्त छ |
– बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ |
– बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन |
– बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ | जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो | ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन |
– कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ | ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन | ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन |
– यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो | तर संक्रमण भएका १०० जनामा जम्मा २-३ जनाको मृत्यु हुन्छ | मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ | संक्रमित बालबालिकामा मृत्युदर १००० जनामा एकजनामा पनि छैन | अर्थात ०.१ % भन्दा थोरैमा छ |
– मास्कको अभाव भएमा डराउनु पर्दैन | निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन | संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ | मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ | हामीकहाँ पाइने सर्जिकल / मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् | त्यसको लागि N 95 लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन |
– कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने ( हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने |
– भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने |
– मनतातो कागती पानी खाइरहने | मुख सुख्खा नराख्ने | अलिअलि पानी लगातार पिउने |
– इन्फ्लुएन्जाको खोप लगाउने | यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ |
– मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने |
– घाममा बस्ने, कपडा घाममा राख्ने |
– नियमित मुख कुल्ला गर्ने |
– सरसफाइमा ध्यान दिने |
– बाहिरको खाना सकभर नखाने | घरमै बनाएको खाना खाने |
– सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने |
– बिना जरुरि काम घरबाट बाहिर ननिस्किने |
– अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने |
– राम्रोसंग पाकेकोमाछामासु मात्र खाने | काँचो, हाफ बोइल नखाने |
– बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने |
– जनावरसंग धेरै नजिकिने नगर्ने |
– इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने | डर नमान्ने | आफुलाई सिर्जनशील काममा व्यस्त राख्ने | अन्धविश्वासको पछि नलाग्ने |
– रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण