कोरोना संक्रमण : आत्तिनु पर्दैन



अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ | तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ |

– कोरोना कमजोर भाइरस हो | यसको संक्रमण सबैलाई हुँदैन | दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ |
– कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन | यसको मृत्युदर निकै कम छ | १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ | सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन |
– कोरोना संक्रमणको औषधि छैन | तसर्थ उपचारमा धेरै खर्च हुँदैन | ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने | गाह्रो भएमात्र अस्पताल जाने |
– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ | तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन |
– कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ | जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि |
– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो | गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ |
– विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन |
– बजारमा मास्कको अभाव छ | कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ | बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन | तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन | मास्क भन्दा पंजा महत्वपूर्ण छ |
– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ |
– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन | विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन |
– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो | हामीकहाँ गर्मी सुरु भएको छ | तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ |
– कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ |
– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो | तसर्थ डराउनु पर्दैन |
– यसको रोकथाम हाम्रो हातमा छ | भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिलो दिन नौ हजारले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ र ५ (साविकको धर्ना

भ्याक्सिन पनि घरघरमा ग्यासपाइप जस्तै आधार र तथ्य विनाको नहोस्

नारायण गाउँले । अनुदानमा आएको भ्याक्सिन सुरु गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्रै सबैलाई

नेकपा अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ?

ईश्वर पोखरेल । माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी