चीनका लागि नेपाली राजदूत पौडेललाई सरकारले फिर्ता बोलायो



काठमाडौँ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको हो । चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो ।

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको ११४ रोपनी जग्गा विक्री प्रकरणमा मुछिएसँगै पौडेललाई फिर्ता बोलाइएको बताइएको छ । बालुवाटारस्थित ललितानिवास क्याम्प क्षेत्रको एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव पौडेल मुछिएका थिए।

सरकारले पाैड्याललाई फिर्ता बाेलाएर पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गर्ने निर्णय समेत गरेकाे छ।

त्यसैगरी बैठकले सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पाँच सचिवलाई सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयामा सरुवा गरिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’को जिम्मेवारी एमालेकै सहकारी विभागका सदस्यलाई किन ?

-नारायण गाउँले । देशभरका सहकारीमा ठगी र अनियमितता त सुन्नुभएकै छ । प्रायः

मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

घुसकाण्डमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका