‘खाने कुरामा राजनीति गर्न मिल्दैन’



डा. गोविन्दशरण उपाध्याय ।

शरीर…
हरेक मान्छेसंग एउटामात्र शरीर छ | आजसम्म विज्ञानले यसको विकल्प खोज्न सकेको छैन | मान्छेले सबैथोक छोड्न सक्छ तर शरीर छोडेर रहन सक्दैन | शरीर रहे सुखदुख अनुभव गर्न मिल्छ, पापपुण्य भोग्न मिल्छ र राम्रो-नराम्रो अनुभूति गर्न सकिन्छ | शरीरलाई माया गर्नुको अर्थ -शरीरलाई पुल्पुल्याउने होइन यसको समुचित हेरविचार गर्ने हो |

जसले शरीरसंग अन्याय गर्छ, उसले अरूसंग न्याय गर्न सक्दैन | जसले आफ्नो शरीरलाई पुल्पुल्याउछ उसले शरीरको प्रकृतिलाई बुझेको हुँदैन | मुखलाई स्वादिलो लाग्ने धेरैजसो खाद्य र पेय वस्तुहरू शरीरका शत्रु हुन्छन् | मुखबाट शत्रुहरू पेटमा पठाएर शरीरलाई कष्ट दिनेहरू असलमा न सुखी हुन सक्छन् न खुसी नै |

तेसैले शरीरका लागि सुपथ्य वस्तु खाऔं र शरीरको प्रकृति सुरक्षित गरौँ | कमसेकम वेदले भनेका शयवर्ष बाँच्ने प्रतिज्ञा पूरा होस् भन्ने कामना त् गरौँ | बौद्धिक काम गर्नेले सात्विक आहार, शारीरिक परिश्रम गर्नेले राजसिक आहार र तामसिक आहार खानका लागि होइन, के खानु हुँदैन भनेर बुझ्नमात्र प्रयोग गर्नुपर्छ |

सबै विषयमा राजनीति गर्न मिल्छ तर खाने कुरामा राजनीति गर्न मिल्दैन | भोजन असल भए शरीर असल हुन्छ, शरीर असल भए धर्म, अर्थ, काम र मोक्ष सहज हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न