युरोपमा कोरोनाभाइरसको संक्रमण भयावह, इटलीमा चार सय संक्रमित



इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ।

युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो। इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्।

कोभिड-१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ।

मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्।

इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ। कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।

अधिकारीहरूले भाइरस फैलने क्रम रोक्न उचित कदम चालिरहेको भन्दै सर्वसाधारणलाई पुनः आश्वासन दिन खोजिरहेका छन्।

शैक्षिक संस्थाका साथै सिनेमा हल बन्द गरिएको छ भने कैयौँ सार्वजनिक कार्यक्रममाथि रोक लगाइएको छ। कोरोनाभाइरसको प्रकोपले इटलीलाई आर्थिक मन्दीमा धकेल्न सक्ने आशङ्का बढाएको छ।

त्रासका कारण हाल इटलीका क्याफे खाली छन् भने होटलहरुको बुकिङ रद्द भइरहेका छन्। अन्य विभिन्न मुलुकहरूको अवस्था पनि त्यस्तै छ।

इटलीका स्वास्थ्यमन्त्रीसँग भेटघाटपछि स्वास्थ्य मामिला हेर्ने युरोपेली सङ्घका एक आयुक्तले भनिन्: “यो चिन्ताको विषय हो। तर हामी आत्तिनु हुँदैन।”

“यो भाइरसबारे अझ धेरै कुरा थाहा हुन बाँकी छ, विशेषतः यसको उत्पत्ति र यो कसरी फैलिन्छ भन्ने जस्ता विषय।” बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डले कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताएका थिए।

इटली गएका मानिसहरूमा त्यो भाइरस देखिएको थियो। पछि स्पेन, जर्मनी र फ्रान्समा पनि थप सङ्क्रमणका घटना सार्वजनिक गरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा संचालनका लागि सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपाको विमति

काठमाडौं । सत्तापक्ष र विपक्षीबीच प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने सहमति

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन