लोकमानको जस्तो सोच राखेर अघि नबढ्न प्रधानमन्त्रीलाई भट्टराईको चेतावनी



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सबैलाई तर्साउने र झुकाउँछु भन्ने सोच राखेर अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले लोकमान प्रवृत्ति देखाउन खोजेको भए २०५१ मा भित्तेकाण्ड सझिन चेतावनी दिएका हुन् ।

उनले भने, २०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको थिएँ त्यतिबेला उहाँको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ । त्यसैले लोकमान झै तर्साएर झुकाउँछु भन्ने ठान्नु भएको भए त्यो प्रसंग सम्झँदा राम्रो हुन्छ । त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ ।’

उनले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि पनि निगरानी गर्न सक्ने र संसदप्रति उत्तरदायी जनलोकपाल बनाउन र आफूलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरे । भट्टराईले मातातीर्थको करिव १७३ रोपनी जग्गा कानुनसम्मत मोही कायम गरेर वितरण गरेको दाबी गरे ।

आफ्नो सरकारले १४ कात्तिक २०६९ मा गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको उनको दाबी थियो । प्रधानमन्त्रीले फागुन तीन गते संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा मोही कायम गरेर वितरण गरिएको र त्यसबारे छानबिन गर्ने बताएका थिए ।

नेपाल ट्रष्टले पनि मंगलबार जारी गरेको श्वेतपत्रमा त्यही भनिएको छ । अहिले त्यो जग्गा आफ्नो भएको दाबी गर्ने नेपाल ट्रष्टकै सचिवको नेतृत्वमा छानबिन समिति बनेको र त्यसको प्रतिवेदनका आधारमा निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

  काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,