दिल्लीमा प्रदर्शन थप हिंसात्मक बन्दै, मृत्यु हुनेको संख्या २० पुग्यो



भारतको राजधानी नयाँदिल्लीमा हिंसात्मक झडपका क्रममा प्रदर्शनकारीले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका गरेका छन् । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २० जनाको ज्यान गइसकेको छ ।

सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबारदेखि भिडन्त भइरहेको छ । तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको छ ।

मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको छ । सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् ।

जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुङ्गा बोकेका मानिसहरूको समूह सडकमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका देखिएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन् । १८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओशो रजनीश र महर्षि महेश योगी

डा. गोविन्दशरण उपाध्याय । ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१–९०) र महेश

चेक संसदद्वारा हुलाक मतदानलाई अनुमोदन

चेक संसदले तल्लो सदनमा कडा विरोधका बाबजुद पहिलो पटक हुलाक मतदान गर्न अनुमति

श्रीलङ्काले इको टुरिजमलाई प्रवर्द्धन गर्ने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सिमसारको संरक्षणमार्फत इको–टुरिजमलाई अगाडि बढाउन श्रीलङ्काको प्रतिबद्धतालाई जोड दिएका

पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना

पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्रालयले अर्थतन्त्र, उत्पादकत्व र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने