कोरोना हाइ एलर्ट



कोरोना भाइरस संक्रमण ( कोभिड – १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर जित्न सकिंदैन | तपाइंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन | तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ |

यसको लागि कम्तीमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन | एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित हुन्छौं | अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त छैन | डिजास्टर पुलिसको रुपमा तालिमप्राप्त सुरक्षाकर्मीको जिम्मा दिनुपर्छ, यात्री स्क्रिनिंगको लागि |

हामीले बुझ्नुपर्छ, कोरोनाले हामीलाई घेरिसकेको छ | चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देशमध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली ( कामदार/ बिद्यार्थी / अन्य ) छन् | मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन | नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा हामीले त्यो संक्रमण रोक्न सक्दैनौं |
सम्भावित अकल्पनीय महामारी र आतंक रोक्न सरकार, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र, सुरक्षाकर्मी लगायत आम जनताको अभियान जरुरि छ |

नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न झनै गाह्रो हुनेछ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमापार अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

काठमाडाैं ।  डेंगुको संक्रमण बढेपछि सरकारले पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार काठमाडौंका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य

भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार

बेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव