कोरोनाभाइरस विश्वव्यापी महामारीको स्वरूप लिने चरणमा !



विश्वभरि नयाँ सङ्क्रमणका सङ्ख्या बढ्दै गर्दा कोरोनाभाइरसको प्रकोपले विश्वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ।

हालसम्म अधिकांश सङ्क्रमण चीनभित्र नै पाइएको छ तर दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरू कोभिड-१९ भनिने स्वासप्रस्वासको रोग गराउने उक्त भाइरसको सङ्क्रमण रोक्न संघर्षरत छन्।

विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकैपटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ।

अहिलेसम्म सो नयाँ कोरोनाभाइरस सङ्क्रमण रोक्ने कुनै खोप उपलब्ध छैन। चीनमा सङ्क्रमितहरूको सङ्ख्या ७७,००० नाघेको छ। त्यहाँ झन्डै २,६०० मानिसको ज्यान गइसकेको छ।

चीनबाहेक अन्य २६ देशमा उक्त रोग फैलिएको र त्यसले १२ सय मानिस सङ्क्रमित भइसकेको अनि ८ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।

सोमवार अफगानिस्तान, कुवेत र बाहरेनले ती देशमा पहिलो कोरोनाभाइरस सङ्क्रमण पाइएको जनाए। ती सबै घटनामा इरानबाट फर्किएमा मानिसमा सो सङ्क्रमण भेटिएको हो।

यसअघि डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले भाइरस सङ्क्रमण रोक्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका थिए।

युकेको इस्ट एङ्ग्लिया विश्वविद्यालयका स्वास्थ्य सुरक्षासम्बन्धी प्राध्यापक पाउल हन्टरले पनि चीनभन्दा बाहिर बढ्दो सङ्क्रमण ‘अत्यन्त चिन्ताजनक’ भएको बताए।

दक्षिण कोरियामा राष्ट्रपति मुन जे-इनले मानिसहरूलाई सरकारले क्वारन्टीनबारे चालेका कदमहरूमा विश्वास गर्न आह्वान गरेका छन्।

त्यहाँ चीनभन्दा बाहिर सबभन्दा धेरै सङ्ख्यामा – झन्डै ८०० – सङ्क्रमित भेटिएका छन्। सातजनाको ज्यान गएको छ।

इरानमा कोरोनाभाइरसबाट मारिनेको सङ्ख्या १२ पुगेको छ भने इटलीमा चारजना मारिएका छन्।

उनले दक्षिण कोरिया, इरान र इटलीमा देखिएका अवस्थालाई समग्रमा हेर्दा त्यसले विश्वव्यापी महामारीको सुरुवाती चरणतर्फ इंगित गर्ने बताए।

ती तीनवटै देशमा चीनसँग असम्बन्धित कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको छ। इटलीमा चीनमाजस्तै नियन्त्रणका उपाय अपनाइएका छन् भने इरानको स्थिति विशेषगरी चिन्ताजनक रहेको वाल्सले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी

यमनको शान्ति प्रक्रियाबारे छलफल

यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका

२०७४ को चुनावपछि मलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर थियो, तर मेरो त्यो प्राथमिकता रहेनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा