अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण, फोटोमा हेर्नुस्



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन। त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो।

विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ। ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो।  ट्रम्पले यात्रा गर्ने बाटोमा दुई नेताका तस्बिर सहितका ठूलाठूला होर्डिङ बोर्डहरू टाँगिएका छन्।

ठूलो तामझामका साथ भ्रमणको आयोजना भइरहेको भए पनि यो भ्रमणका क्रममा दुई देशबीचको व्यापार सहमति भने होला जस्तो देखिँदैन।

अमेरिका भारतको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार हो। सन् २०१८ मा द्विपक्षीय व्यापारको आकार १४२.६ अर्ब डलर थियो। अमेरिकाको भारतसँग २५.२ अर्ब डलरको वस्तु तथा सेवासँग सम्बन्धित व्यापारघाटा विद्यमान ‌थियो।

दुई देशबीच बढ्दो राजनीतिक तथा रणनीतिक निकटताका माझ व्यापारको विषयलाई लिएर भने दुई देशबीच तनावको स्थिति छ। राष्ट्रपति ट्रम्पले भारतले आयातमा लगाएको करलाई “अस्वीकार्य” भनेका छन् र उनले भारतलाई “कर लगाउनेहरूको राजा” समेत भनेका छन्।

सन् २०१९ मा अमेरिकाले भारतलाई दिँदै आएको विशेष सुविधायुक्त व्यापार सहुलियतको अन्त्य गरेको थियो। त्यस्तो कदमपछि भारतले विभिन्न २८ वटा अमेरिकी उत्पादनको आयातमा जबाफी कर लगाएको थियो र दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब निरंकुशताको टाउकोमै हान्ने गरी आन्दोलन : प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निरंकुशताको टाउकोमै हान्नुपर्ने अवस्थाको

नेकपाको प्रचण्ड-नेपाल समूहले गर्यो अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

ट्रम्प प्रशासनको कोभिड-१९ खोप वितरण कार्य ’भद्रगोलपूर्ण’

ह्वाइहाउसका एकजना वरिष्ठ अधिकारीले ट्रम्प प्रशासनको कोभिड १९ खोप वितरण कार्य ’भद्रगोलपूर्ण’ र

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र