बास्कोटाको अडियो टेप प्रकरणका विषयमा प्रचण्ड र ओलीबीच छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार विहान दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा दुई अध्यक्षबीच संविधान संशोधनबारे छलफल भएको बताइएको छ । संविधान संशोधनबारे माधव नेपालको संयोजकत्वमा कार्यदल गठन भएको बताइएको छ ।
तर नेकपा केही नेताले भने कार्यदल गठन नभएको बताएका छन् । त्यस्तै दुई अध्यक्षबीच सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियोका बारेमा समेत छलफल भएको बताइएको छ ।