चिनियाँ भाषामा ‘नेपाल कोरोनामुक्त देश हो, घुम्न आउनुहोस्’ भनेर विज्ञापन अहिल्यै किन गर्नुपर्यो ?



नेपाललाई कोरोनामुक्त देश घोषणा गर्न हतार नगरौं |
किनकि

– सयौं जना क्वारेन्टाइनमा छन् |
– कतिपय क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने डरले लुकेका पनि हुन सक्छन |
– संक्रमण फैलिएका देशबाट पर्यटक तथा नेपालीको आवतजावत चलिरहेको छ |
– नेपालमा कोरोना फैलिएर अनि त्यसको नियन्त्रण गरेर कोरोनामुक्त बनाएको हैन | सरकारले यसको संक्रमण नेपालमा अझै आउन सक्छ भन्ने मानसिकता बनाएर रोकथामका अभियान चाल्नु अत्यावश्यक छ |
त्यस्तै
चिनिया भाषामा “ नेपाल कोरोनामुक्त देश हो, घुम्न आउनुहोस “ भनेर बिज्ञापन अहिल्यै किन गर्नुपर्यो ? किन श्रव्यदृश्य बनाउनु पर्यो? यसका २ वटा गम्भीर प्रभाव ख्याल गर्नुपर्छ |

१. कोरोना भाइरससंग पीडित तथा संघर्षरत चीनलाई चिढाउने अर्थ लाग्न सक्छ | उनीहरुलाई आफ्नो देश, आफ्नो समाज र आफ्नो परिवारको खाँचो छ, रोगसँग लड्ने मनोबलको खाँचो छ |
२. कोरोना संक्रमण भएको २ – १४ दिनसम्म कुनै पनि लक्षण नदेखिन सक्छन | हालैको अनुसन्धानले बताएको छ कि कोरोना भाइरस १० दिनसम्म पनि चिसो, ओसिलो ठाउँमा बाँच्न सक्छ | यदि कोरोनामुक्त देशमा केहि समय बस्ने भनेर आएकामध्ये थोरैमा मात्र संक्रमण रहेछ भने नेपालले त्यो अवस्था धान्न सक्दैन | कारणबश नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएमा अकल्पनीय स्थिति ( मान्छेको भागदौड, चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामीसंग डराउने, औषधिको अभाव, अत्याबश्यक सामानको अभाव, अस्पतालमा भिडभाड, बिदेशी राष्ट्रले जमिन तथा आकासबाट सम्पर्क बिच्छेद / नाकाबन्दी हुने आदि ) आउन पनि सक्छ | यस्तो नहोला तर राष्ट्रले यो बिन्दुसम्म सोंच्नु जरुरि छ |

भिजिट नेपाल सफल होस् वा नहोस्, त्यसले राष्ट्रलाई त्यति असर गर्दैन जति संक्रामक रोगले गर्न सक्छ | सरकार वा पर्यटनमन्त्रीले भिजिट नेपालको चिन्ता लिनुपर्दैन | कोरोना संक्रमण फैलिएको कारण विश्वभर त्रास छ, कोहि कतै घुम्न जान इच्छुक छैनन्, संक्रमणबाट सुरक्षाको ग्यारेन्टी कसैले अनुभूत गरेका छैनन् | विश्व अर्थतन्त्रमा मन्दी आइरहेको छ |

यस्तो अवस्थामा आन्तरिक पर्यटनलाई अभिवृद्धि गरौँ | जोखिम नमोलौं |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक