गोकुल बास्कोटाका पक्षमा !



राजेन्द्र अर्याल ।

“जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन ।यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।

यी भनाइ हुन् निवर्तमान संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका । निवर्तमान मन्त्री बाँस्कोटाको यो भनाइ सँगै उनले आफु माथि लागेको आरोप छानबिन गर्नको लागि आफ्नो तर्फ बाट मार्ग प्रसस्त गरेका छन् । उनी बाट गल्ती कमजोरी भएको थियो थिएन त्यो कुरा छानबिन पछि थाहा होला तर बाँस्कोटाले नेपालको राजनितीमा नयाँ कुरा के ल्याए भने म ठिक कि बेठीक भन्ने कुरा मैले भन्ने होइन यो कुरा त छानबिन गर्ने निकायले बाहिर ल्याउने हो । कमजोरी कसैले लुकाएर लुक्दैन सत्य कसैले छिपाएर छिप्दैन यथार्थ कुरा बाहिर ल्याउनुपर्छ ।

आफुले गल्ती गर्दा मैले गल्ती गरेकै छैन मलाई फसाईयो भन्ने नेता र हाम्रो नेता लाई षड्यन्त्र मुलक ढंगले फसाईयो भन्दै सात सल्ला उफ्रने कार्यकर्ता तथा सदन अबरुद्ध पार्ने दललाई गतिलो पाठ छोडेर गएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा राजिनामा दिए सँगै उनले सरकारी गाडि र सुरक्षा कर्मि लाई त्यही छोडेर अरुको गाडीमा लिफ्ट लिएर घर फर्किएका छन् । बाँस्कोटा माथि लागेको अकल्पनीय आरोपले स्वाभिमानी कार्यकर्ताको मन दुखेको छ । लाखौं जनताको आखा रसाएको छ ,अनुहार मलिन छ , सबैमा एक किसिमको सन्नाटा छाएको छ । प्रतिकृयाबादी दलाल ,तस्कर तथा बिकास र समृद्धि बिरोधिहरुमा खुसियाली छाएको छ । स्वयं आफ्नै पार्टी भित्रको एउटा तत्वले ठुलो हुन्थिस् बल्ल खाईस भनेको छ । गोकुल हटेको खुसियालीमा राति अबेरसम्म धेरै ठाउँमा रक्सी पार्टी पनि भैरहेको छ ।

यी सबथोक हुनु कुनै नौलो कुरा होइन । किनकि उनले लिने गरेको अडान र उनमा रहेको दृढ ईच्छा शक्ति लुटेरा हरुको निम्ति बाधक थियो । तर बिडम्बना आज उल्टो भएको छ ।

तर पनि बाँस्कोटा तिमिले कार्यकर्ता लाई नारा लगाउन भनेनौं,म ठिक छु भनेर कुर्लिएनौं,छानबिनको जिम्मा अरुलाई नै लगायौ , आरोप पुष्टि नभए पनि राजिनामा दियौं ,राजिनामा दिए सँगै सबै सरकारी सुबिधा छोड्यौ यस्तो ईच्छा शक्ति बिरलै नेतामा पाईन्छ ।
जेहोस् तिमी प्रतिको जनताको पुरानो बिस्वास यथावत् रहने अबस्था सिर्जना होस् । बाँस्कोटा तिमी निर्दोष भएको देख्ने जनताको ईच्छा पूरा होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको

मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा