‘जव मनमा भक्ति, श्रद्धा र आस्था हुन्छ, घरआँगनमा भगवानको मन्दिर निर्माण हुन्छ’



डा. गोविन्दशरण उपाध्याय ।

ॐ नम शिवाय:
जव मनमा भक्ति, श्रद्धा र आस्था हुन्छ, घरआँगनमा भगवानको मन्दिर निर्माण हुन्छ | भगवान सुनले पनि निर्मित हुनसक्छन् माटोले पनि | जसले जसरी आराधना गरे पनि हुन्छ | भक्तिको स्वरूप नै परमान्दयुक्त हुन्छ भनेर नारदमुनिले भनेकै हो |

मैले सुनको लोहोटाबाट दुख चढाएँ वा माटोको करुवावाट वा मनको करुवाबाट भगवानका लागि सबै समान हुन् | हुँदा खाने र हुने खाने वीच भगवानको कुनै बन्धन छैन | राष्ट्रदेव पशुपतिनाथ उहाँको आराधना गर्ने र नगर्ने दुवैका हुन् | मन्दिर धाएर, भोको वसेर आराधना गर्ने र घरमा वसेर आराधना गर्ने र नगर्ने सबैका हुन | एसैले उनी पशुपति हुन्, नैपालपति हुन् |

पशुप्रकृतिले चल्छन् | पशु निर्दोष हुन्छन् | पशुको पशुता प्राकृतिक हुन्छ | पशुहरूले मानिसको जस्तो भेदभाव र माया दुवै गर्न जान्दैनन् | आफ्नो र परायाको भेद गर्नेहरूले निर्दोष पशुलाई पनि “कस्तो पशुजस्तो” भनेर वदनाम गर्छन् | जव मान्छेले आफ्नो विवेक र ज्ञानको गलत प्रयोग गर्छ उ पशुजस्तो होइन आफुभित्ररहेको पशुता (निर्दोषपन) गुमाउँछ | मान्छे पशुझैं वन्नै सक्दैन र पशु पनि मान्छे वन्न मिल्दैन |

मान्छे पशुजस्तो बन्ने होइन मान्छे-मान्छेजस्तो बने पुग्छ | सबैसंग वात्सल्य, लावण्य, सौम्यता, सहृदयता र स्थिरता पूर्वक व्यवहार गरे पुग्छ | मान्छे भएर पशुजस्तो बन्ने, राक्षसजस्तो वन्ने वा देवता बन्ने दौड त्यागेर मान्छेनै वनिदिए पुग्छ | शिव अर्थात् शान्ति, पार्वती अर्थात् स्थिरतालाई जीवनको मूल्य बनाए पुग्छ |

हामी नेपालीहरू अमृतका सन्तति हौँ | हामी विश्वको सबैभन्दा प्राचीन संस्कृतिका सवाहक हौँ | हाम्रो पवित्र धरतीबाट वेदले विश्वलाई प्रकाशित गरेको छ | पाणिनीयले व्याकरण लेखेर विश्वलाई शब्दको मूल्य वताएका छन् | बुद्धले संसारप्रतिको अतिसय अनुराग त्याग्न भनेका छन् | कोशी, गण्डकी, कर्णाली, सगरमाथाले हामी कृत्यकृत्य भएका छौँ | भगवान शिवपार्वतीको कृपा र मुक्तिनाथको आशिर्वाद हाम्रो धरोहर हो भनेर बुझिदिए पुग्छ | ऋषिमुनिहरूको तपोवलले सृजित नेपाल भूमिको गौरव बुझिदिए पुग्छ |

शिव (शक्ति) पार्वती (स्थिरता – पर्वतकी छोरी पार्वती अर्थात् स्थिरता) को लागि विदेशी प्रतिमान होइन, आफ्नै प्रतिमानहरू बुझिदिए पुग्छ | विज्ञान, धर्म र कर्मबीच समन्वय गर्दै अगाडी बढ्ने विश्वास र दृढतालाई अङ्गीकार गरे पुग्छ | ज्ञान, कर्म र भक्ति बीच योग गरे हुन्छ | अरूजस्तो होइन, आफ्नो गौरव र महत्व बुझेर विश्वसंग सहकार्य गरे हुन्छ |

विपिनजीको पेसबुक वालबाट साभार फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको

मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान