‘यो गोकुलजी र ओलीजीलाई मात्रै भाग लगाउने कुरो पक्कै थिएन’



नारायण गाउँले ।

सत्तरी करोड़ साह्रै थोरै भएकाले यो डिल अघि नबढेको देखिन्छ । यो गोकुलजी र ओलीजीलाई मात्रै भाग लगाउने कुरो पक्कै थिएन । मन्त्रिपरिषदबाट पास गर्नुपर्ने र संसदको सार्वजनिक लेखा समितिको समेत चित्त बुझाउनुपर्ने हुनाले सत्तरी करोड़मा सरकारले चित्त बुझाएन । गोकुल त कन्भिन्स्ड़ नै देखिए पनि ओलीजी खुशी नभएको बुझियो । कम्तिमा ३-४ अर्ब ताकेको सरकारलाई ७० करोड़ मामुली लाग्यो । यो सरकार बन्नेबित्तिकैको कुरो रहेछ ।

अनेक प्रयास, वार्ता र कमिशनको निर्धारणपछि पनि हुनै लागेको डिल नभएपछि दलालहरूलाई ठूलो क्षति भयो । १५ करोड़ जति कमिशन आउने लोभमा डिल गर्न एकदुई करोड़ पक्कै पहिल्यै खर्च भएको हुनुपर्छ । देशविदेशको दौड़धूप, एक्सेस बनाउन स्वकीय सचिबदेखि आसेपासेलाई चियापानी र उपहारमैं त्यति रकम जाँदो हो । तिनले यो चौधपन्ध्र महिना निरन्तर ताकेता गरिरहे । कति चिया पिलाइरहे । तर अरब र करोड़ एउटै नभएकाले ठूलो दलालका अगाडि छोटे दलालको केही लागेन ।

जब ठेक्का अर्कै कम्पनीमा जाने निश्चित भयो, तिनले अडियोलाई हतियार बनाए । प्रधानमन्त्रीलाई सुनाए । केही मूलधारका मिडियासम्मले पनि यो सुनेको देखियो । भनिन्छ त्यसमा स्याटेलाइट खरिदसम्मका अझ ठूला कमिशनको डिलका कुरा पनि छन् । यो देश बचाउन पक्कै सुनाइएको थिएन । आफ्नो स्वार्थका निम्ति सुनाइएको थियो, धम्क्याउन देखाइएको थियो । तर ओली टसमस भएको देखिएन । झन उग्र रूपमा उनले आफू भ्रष्टाचारविरुद्ध भएको र गोकुल सबैभन्दा क्षमतावान् मन्त्री भएको भाषण गरे । ओलीले गोकुललाई त्यो अडियोबारे जानकारी गराए । गोकुलले मान्छेहरू करोड़को र अरबको कमिशन बोकेर आफूकहाँ आउने गरेको भाषण गरे । उनलाई लाग्यो, त्यो अडियो एक त सार्वजनिक नहोला । कुनै अन्य क्षेत्रमा भाग दिने आश्वासनले काम गर्ला, केही गरी आइहाल्यो भने पनि दलालले दिएको कमिशनको लोभमात्रै हो भनेर टार्न सकिन्छ भनेर उनले बाल नदिएको जस्तो देखियो ।

कुनै उपायले काम नगरेपछि यो अडियो बाहिर आयो र मूलधार भनेर नपत्याइएका एक साहसी पत्रकारले यो अडियो सार्वजनिक गरे । विज्ञापन, कमिशन र सत्ताका कतिसम्म ताबेदार छन् मूलधारका मिडियाहरू भन्ने पनि यो प्रकरणले देखायो ।

यस्ता दलाल ‘दलाल’का पनि दलाल हुन्छन् । विदेशी कम्पनीका आधिकारिक ‘दलाल’ यी पक्कै होइनन् । आधिकारिक दलालले ट्ऱ्याक बाहिर गएर कमिशनको कुरा गर्न गाह्रो हुन्छ । आफ्नो प्रतिष्ठाका कारण पनि ती कम्पनीले देखिने गरी यस्तो डिल गर्दैनन् । बाहिर आएको अडियोमा सेक्युरिटी प्रेसको मात्रै कमीशनको कुरो छ । दलालले आफूलाई देशभक्त देखाउन अन्य भाग काटेका छन् । त्यसमा स्याटेलाइट खरिदको कुरो पनि रेकर्डेड छ भनिन्छ । यदि यी दलाल, यो पुरानो र अहिले हुन लागेको नयाँ डिलमा सहभागी सबैलाई अनुसन्धानको दायरामा ल्याउने हो भने ठूलो ऱ्याकेटको पर्दाफास हुनसक्छ । तर, ल्याउने कसले र कसको पर्दा उठाउने ? देशका सबैजसो शासक र नेता त्यही पर्दापछाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको

मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान