पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताको हातमाः प्रचण्ड



बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताहरुको हातमा रहेको बताएका छन् । आइतबार बाँकेको कोहलपुरमा प्रदेश नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी द्वन्द्वात्मक भौतिकवादी हौं । हामी सामाजिक, सांस्कृतिक, राजनैतिक रुपान्तरण तिर जानु पर्दछ ।’

उनले सरकार संचालन आवश्यक नीति तय गर्न र सरकारका कमजोरीलाई सच्चाउन पार्टी कमिटिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘सर्वहारा वर्ग कमजोरी नगर्ने र भैहाल्यो भने सच्याउने तर बुर्जवाहरु कमजोरी गर्ने र लुकाउने यही फरक छ ।’
पार्टी एकता जनताको भावनालाई सम्बोधन गर्न, राष्ट्रियता सुदृढ गर्न र स्थिरता कायम गर्नका लागि भएको उनको भनाई थियो ।

विगतमा पार्टी एकताको मुख्य आधार भनेको वैचारिक÷राजनैतिक भएको उनको भनाई थियो । उनले शान्तिपूर्ण प्रतिष्पर्धाबाट जनताको लोकप्रिय मत प्राप्त गरी सरकार बनाउने र समाजवाद आधार तयार पार्ने भन्ने दुबै पार्टीको राजनीतिक लाइन भएकाले नै पार्टी एकताको आधार तयार भएको बताए ।

आफूहरु सबै अहिले एउटै भएको स्पष्ट गर्दै भावना र विचार सबैबाट पछाडि फर्किए गलत हुने उनको चेतावनी थियो । अध्यक्ष प्रचण्डले नेताहरुलाई अझै एकतावद्धका लागि प्रेरित गराउन उपस्थित कार्यकर्तालाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न