अरविन्द केजरीवालले लिए पद तथा गोपनियताको सपथ



आम आदमी पार्टीका विधायक तथा दलका नेता अरविन्द केजरीवालले आइतबार दिल्लीको ऐतिहासिक रामलीला मैदानमा पद तथा गोपनीयताको शपथ लिएका छन् । दिल्लीका उपराज्यपाल अनिल बैजलले विधायक केजरीवाललाई मुख्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा दिल्लीका उच्च पदस्थ व्यक्तिहरूसँगै ठूलो संख्यामा आम आदमी पार्टीका नेता, कार्यकर्ता र नागरिकको बाक्लो उपस्थिति थियो । सपथ ग्रहण समारोहका प्रधानन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएपनि उनी भने उपस्थित भएनन् । विधानसभा चुनावमा विजयी आम आदमी पार्टीले दिल्लीमा तेस्रो पटक सरकार गठन गरेको छ । केजरीवाल तेस्रो पटक राज्यका मुख्यमन्त्री बनेका छन् ।

सन् २०१३ मा केजरीवाल पहिलो पटक मुख्यमन्त्री बनेका थिए । सन् २०१५ मा उनी दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए । केही दिन अघि सम्पन्न विधानसभा चुनावमा आम आदमीले दिल्लीका ७० सिटमध्ये ६२ स्थानमा जित हासिल गरेको थियो । सन् २०१५ मा उक्त पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा