चन्द्र शमशेरको जतिपनि क्षमता नभएको सरकार



बलराम प्यासी ।
टिबी (क्षयरोग) को लागि टोखाको जंगल अनि कोरोना भाइरस क्वारेन्टाइनको लागि बस्ती बीचको खरिपाटी ?

आजभन्दा करिव ११९ वर्ष अघि (सन् १९०१ देखि) प्रधानमन्त्री बनेका चन्द्र शमशेरलाई त्यतिखेरको खतरनाक सरुवा रोग क्षयरोग हुँदा काठमाडौं उत्तरतर्फ टोखाको सल्लाघारी वनमा राख्ने व्यवस्था गरिएको थियो । चन्द्र शमशेरले नै बनाउन लगाएको त्यसलाई ’टोखा स्यानिटोरियम ’भनिन्थ्यो ।

टिबीका विरामीले स्वास फेर्दा स्वस्थ मानिसमा टिबीका किटाणु नसरोस् भनेर १०० वर्ष अघि नै सहर वजार र बस्तीबाट निकै पर “टोखा स्यानिटोरियम“ मा राखेर उपचार गरिन्थ्यो रे । औषधि पाउन थालेपछि सहरमा उपचार गर्न थालिएको हो ।

तर वर्तमान सरकारले मध्य शहर र बस्तीको बीचका सरुवा रोग अस्पताललाई बस्तीभन्दा टाढा सार्ने त परै जाओस्, यतिखेर डरलाग्दो मानिएको नोवेल कोरोना भाइरस प्रभावित मुलुक चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरको बाक्लो वस्ती नजिक खरिपाटी र विदेशीको भिड लाग्ने नगरकोटमा क्वारेन्टाइन बनाएर राख्ने भनेको छ ।
(भलै ती नेपालीलाई कोरोना भाइरस भएको पुस्टि भएको छैन र नहोस् पनि, तथापी बस्तीका अन्य निरोगी जनताको स्वास्थ्यप्रति भने सरकार निकै संवेदनशील हुनु जरुरी छ)

कोरोना भाइरस संक्रमित विरामीको उपचारको लागि चीनले रातारात हजार शैयाको अस्पताल बनाएजस्तै कोरोना जस्तै सरुवा रोगका विरामीहरुलाई राख्नको लागि टोखा स्यानिटोरियम जस्तै अग्ला डाँडाका सल्लाघारीतिर स्थायी रुपमै अस्पताल बनाए हुँदैन ? उपत्यका वरिपरीका वनजंगल भित्र सरुवा रोगको उपचारको लागि अस्पताल बनाएपछि अरु स्वस्थ मानिस पनि डराउन पर्दैन र यसको विरोध पनि हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु’

अञ्जली थापा, हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु

कस्ता व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन ?

प्रकाश सिलवाल, काठमाडौँ । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा

थाइल्यान्डको शिशु स्याहार केन्द्रमा गोली चल्दा २३ बालबालिकासहित ३४ जनाको मृत्यु

थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त