संसदको अवरोध हटाउँदै कांग्रेसले भन्यो -काँग्रेस चुप लागेर बस्दैन



काठमाडौँ । तीन दिनदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको नेपाली कांग्रेसले मंगलबारदेखि बैठक सञ्चालन हुन दिएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विरोधमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको कांग्रेसले मंगलबार अवरोध खुलाएको हो ।

मंगलबार बैठक सुरु हुनासाथ कांग्रेस सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताइन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको आरोप लगाउँदै प्रतिशोध साँधेर गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाइन् ।

“सरकारका मन्त्रीले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरिएको घटनालाई सरकारको ठूलो उपलब्धि भनेकाले पनि सरकारबाट प्रभावित भई अख्तियारले लाचार छायाँ बनेर मुद्दा दायर गरेको पुष्टि भयो, जनताको छायाँ बनेर हामीले संसद् अवरुद्ध गराएका हौँ”, उनले भनिन् ।

संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने भन्दै सांसद भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बिपी कोइरालाले आठवटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानूनी लडाइँ लड्ने बताइन् ।

“संवैधानिक अङ्गले संविधानवादको विपरीत काम गर्छ भने संसद्ले त्यसको प्रतिवाद गर्नुपर्छ, बालुवाटारको जग्गाको विवरण तयार पारी पठाउनु भनी भौतिक योजना मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको पत्र अहिले पनि छ, यसको प्रक्रिया अघि बढाउन मुख्यसचिवले उपयुक्त ठानेर प्रस्ताव तयार पारेकामा आदेश दिने र प्रस्ताव तयार पार्नेलाई मुद्दा चलाउनु नपर्ने ?” उनले भनिन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल इन्जुरीलगायत पाँच रोग लागेकालाई राहत दिने, भूकम्पपीडितलाई एक लाख थप्ने निर्णय मुख्यसचिवले कहाँ पुर्याए ? भन्दै सांसद भुसालले दुवै घटनाको तुलना हुनुपर्ने बताइन् ।

‘‘यस्ता गतिविधि फेरि दोहोरिए काँग्रेस चुप लागेर बस्दैन’’ उनले भनिन्, ‘‘विगतमा ५७ दिनसम्म संसद् अवरुद्ध गराइएको स्मरण गराउँदै आफ्नो पार्टीले त्यसो गदैन ।’’

उनले लोकतान्त्रिक मूल्यमान्यता विपरित राजनीतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्वन्द्वको काधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको आपत्ति र विरोध भएकाले संसद अवरोध गरेको बताइन् । यसअघि मंगलबार विहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।