चीनमा कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु



चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ । चीनबाहिर दुई जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या स्थिर भएको देखिएको छ ।

चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४० हजार नाघेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ । गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ ।

चीनको सरकारी तथ्याङ्कका अनुसार ३ हजार २ सय ८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ । सोमवार लाखौँ मानिसहरू लामो बिदापछि काममा फर्किएका छन् । भाइरसको प्रकोप फैलिएपछि नियन्त्रणको उपायस्वरूप चिनियाँ नयाँ वर्षको बिदा जनवरी ३१ पछि पनि लम्ब्याइएको थियो ।

तर सावधानीका उपायहरू यथावत् छन् । काम गर्ने समयका बीचमा विश्रामको व्यवस्था गरिएको छ तथा छानिएका कार्यस्थल मात्र खुलेका छन् । गत सप्ताहान्तमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्याले सन् २००३ मा फैलिएको सार्स महामारीले ज्यान लिएका मानिसको सङ्ख्यालाई उछिनेको थियो ।

सार्स पनि चीनबाट फैलिएको थियो। उक्त रोगका कारण विश्वभरि ७७४ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले शनिवार कोरोनाभाइरसको नयाँ सङ्क्रमणको सङ्ख्या “स्थिर“ भएको जनाएको छ । तर उक्त भाइरस प्रकोप उत्कर्षमा पुगिसकेको हो कि हैन भन्ने निष्कर्ष निकाल्न हतार गर्न नहुने उसको भनाइ छ ।

उक्त भाइरस पहिलो चोटि हुबे प्रान्तको वुहान सहरमा फेला परेको थियो। त्यसयता एक करोड १० लाखभन्दा बढी मानिस बसोबास बस्ने उक्त सहर हप्तौँदेखि बन्दजस्तै छ ।

विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ । उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित २७ देशमा भेटिएको पुष्टि भएको छ। तर अहिलेसम्म फिलिपिन्स र हङ्कङमा एक एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा