‘निलकण्ठ’बन्न तयार छु,तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने काम नहोस्ः बाबुराम भट्टराई
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा आफ्नो नाम मुछिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू देशका लागि ‘निलकण्ठ’ बन्न तयार रहेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जग्गा प्रकरणमा नाम जोडिएपछि असहजता महसूस गरेको बताएका हुन् । उनले निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।