चीनको कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ



उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ | चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो | उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ |

१. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्यो | त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ |

२. ती १८० जना मध्ये १ जनालाई संक्रमण नभएको ग्यारेन्टी हुनु पर्दछ | १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेनभित्रका सबैजनालाई सर्न सक्छ |

३. यहाँ एयरपोर्टमा ल्याण्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्याउने बेला अरुलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ |

४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथ रुम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्यांग/ सिंढी / कोरिडोरमा एकअर्कोको सास नजाने बातावरण मिलाउनुपर्छ | अनाथा ती १८० जना मध्ये एकजनालाई रहेछ भने अरुलाई सर्न सक्छ | होटेलमा वा होस्टेलमा राखे जस्तो कोठा सेयरिंग गर्न मिल्दैन |

५. उनीहरुलाई खाना, पानी, पत्रिका, पुस्तक आदि पुर्याउनको लागि सुरक्षित उपायको ब्यबस्था गर्नुपर्छ |

६. आइसोलेसन सेन्टरको फोहोर जलाउने ब्यबस्था गर्नुपर्छ |

७. त्यो केन्द्र वरिपरीको बस्तीलाई रोग नसर्ने प्रत्याभूति गराउनुपर्छ | बस्ती भएको ठाउँमा आइसोलेसन सेन्टर राख्न मिल्दैन |

८. आइसोलेसन केन्द्रमा नियमित जाँचको ब्यबस्था मिलाउनु पर्छ | त्यसको लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने उपायको व्यवस्था गर्नुपर्छ |

९. १४ दिन आइसोलेसन केन्द्रमा राखेपछि उनीहरु १०० % निस्संक्रमित भएको आधिकारिक रिपोर्ट दिएर परिवारलाई जिम्मा लगाउनुपर्छ |

१०. लामो मानसिक पीडा भोगेका उनीहरुलाई मनिबैज्ञानिक परामर्शको ब्यबस्था गर्नुपर्ने हुनसक्छ |

. डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली काङ्ग्रेसले भदौ २३ र २४ गते भएको अराजक गतिविधिमाथि अनुसन्धान

जाँचबुझ आयोगले ओली र लेखकविरुद्धको जाहेरी पठायो प्रहरीमै फिर्ता

काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी

प्रधानमन्त्री र राष्ट्रपतिबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा गम्भीर छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद बैठकः इलाम विपद संकटग्रस्त क्षेत्र घोषणा, भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार