‘शरीरको सबैभन्दा महत्वपूर्ण कुरा जीवाणुको संसार’



‘माइक्रोबायम’ अर्थात् हाम्रो शरीरको जीवाणुको संसार

मानव स्वास्थ्यका सन्दर्भमा गरिएका विभिन्न अध्ययनहरू मूलभूत रूपमा मानिसको शरीरमा केन्द्रित हुँदै आएको छ । विगत लामो समयदेखि मानव कोषीका र ‘जिन’ वैज्ञानिकहरूका लागि निक्कै चाखको विषय हुँदै आएको छ । तर मानिसको मानसिक र शारीरिक स्वास्थ्य लगायत अन्य धेरै कुराहरूमा मानव कोषीका र ‘जिन’ भन्दा शरीरमा रहने जीवाणु अझै मुख्य कुरा भएको प्रमाणित हुँदैछ । त्यसैले वैज्ञानिकहरूको एउटा समूह मानव शरीरमा भएको जिवाणुले स्वास्थ्यका सन्दर्भमा पुर्याउने प्रभावका बारेमा अनुसन्धान गर्दैछन् ।

अचम्मको तथ्य के हो भने, संख्याका आधारमा कुरा गर्दा हाम्रो शरीरमा भएको सम्रग कोषीकाको ४३ प्रतिशत मात्र हाम्रो शरीरको वास्तविक कोषीका हुन् । बाँकी ५७ प्रतिशत कोषीकाहरू शूक्ष्म जीवाणुहरू हुन् । हाम्रो शरीरमा भएको जीवाणुहरूमा ब्याक्टेरिया मुख्य हो । त्यस्तै एक कोषे जीवाणु ‘आर्किया’, ‘फङ्गी’, ‘भाइरस’ लगायत अन्य शूक्ष्म जीवाणु हुन्छन् । शरीरमा रहेको जीवाणुको समाजलाई ‘माइक्रोबायम’ (microbiome) भनिन्छ । यस्ता जीवाणुहरूको समाज हाम्रो शरीरको बाहिरी र भित्री जुनसुकै अंगमा हुन्छ । तर स्थान विशेषका आभारमा जीवाणुका जिम्मेवारी फरक हुनाले जीवाणुको समाजिक संरचना फरक हुन्छ । उदाहरणका लागि, छालामा भएका जीवाणुहरूको समाजिक संरचना त्यस्तो हुन्छ जसले छालाको क्यान्सरबाट जोगाउँछ ।

शारीरिक र मानसिक स्वास्थ्यका सम्बन्धमा ‘माइक्रोबायम’को अप्रत्यक्ष तर निक्कै ठूलो भूमिका हुन्छ । हाम्रो शरीरको सबै प्रणालीहरूमा माइक्रोबायमले निक्कै ठूलो प्रभाव पार्छ । तथापी अन्य स्थानको तुलनामा पाचन मार्गको ‘माइक्रोबायम’ले मानसिक र शारीरिक स्वास्थ्यमा विशेष प्रभाव पार्ने हुँदा यहाँ हामी पाचन मार्गमा भएको ‘माइक्रोबायम’को चर्चा गर्दैछौं ।

पाचन मार्गको ‘माइक्रोबायम’ अर्थात् जिवाणुका समाजले आमाको दुधमा भएको चिनीलाई शरीरले लिनसक्ने बनाउँछ, रोगप्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ, शरीरको कोषीकालाई आवश्यक पोषण उपलब्ध गराउँछ, शरिरलाई नोक्सान पु¥याउने ब्याक्टेरिया र भाइरसबाट बचाउछ । पाचनमा मार्ग भएको जीवणुको समाज सन्तुलित नभएको अवस्थामा विशेष गरि देखिने शारीरिक समस्या भनेको मोटोपन हो । पाचन शक्ति, खाना पचाउने ग्यासको उत्पादन, खानालाई शरीरको उर्जामा रूपान्तरण गर्न, सुजन (inflammation ) आदिमा प्रभाव पार्ने हुँदा मानिसको तौलका सन्दर्भमा पाँचन मार्गको माइक्रोबायमले निक्कै नै असर पुर्याउँछ । पाचन मार्गको माइक्रोबायमले पार्ने अर्को प्रभाव भनेको मानसिक र मस्तिष्क सम्बन्धी समस्याहरू हुन् ।

पाचन मार्गको माइक्रोबायम र मस्तिष्कको सम्बन्ध

पाचन मार्ग केन्द्रीय स्नायु प्रणालीसँग स्नायु (मस्तिस्क र पाचन मार्गलाई जोड्ने स्नायुलाई भेलग नर्भ भनिन्छ), रक्त सञ्चारमा मिसिने हर्मोनहरू (endocrine) र रोगप्रतिरक्षा संकेत संरचना (immune signaling mechanisms) गरि तीन समानान्तर प्रकृयाद्वारा सम्पर्कमा हुन्छ । यसकारण मस्तिष्क र पाचन मार्गमा भएको ‘माइक्रोबायम’ एक अर्कोबीच दुईतर्फी रूपमा सम्पर्कमा हुन्छन् । पाचन मार्गको ‘माइक्रोबायम’मा राम्रो जीवाणुहरूको कमीले पार्किन्सन, अटिज्म, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक वा मस्तिष्क सम्बन्धी थुप्रै प्रकारका समस्याहरू देखिन सक्छ । त्यस्तै मस्तिष्क तनावित भएमा त्यसले पाचन मार्गको ‘माइक्रोबायम’मा असर पुरयाउँछ ।

पाचन ग्रन्थीको ‘माइक्रोबायम’ अर्थात् जीवणुको समाजमा शरीरलाई लाभ पुर्याउने वा हामी पुर्याउने जीवाणुको संख्याको अनुपातका आधारमा तिनले रसायन उत्पन्न गराउने हुन्छ । पाचन मार्गमा भएको रसायनको गुणले भेगस नर्भ भएर मस्तिष्कमा पुग्ने ‘इलेक्ट्रोकेमिकल’ सिग्नलमा प्रत्यक्ष असर पुग्ने हुँदा पाचन ग्रन्थीको ‘माइक्रोबायम¬’ले मस्तिष्कमा ‘न्युरो ट्रान्समिटर’को (मस्तिकमा हुने रसायन) श्रावलाई प्रभाव पार्दछ । ‘न्युरो ट्रान्समिटर’ले हाम्रो मुड लगायतका मानसिक अवस्थामा प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । भेगल नर्भले पाँचन मार्गबाट केन्द्रीय स्नायु प्रणालीमा पुर्याउने ‘इलेक्टोकेमिकल’ सिग्नललाई पाचनमार्गमा भएका ‘पेप्पटाइट्स’ (पाचन प्रकृयामा सहयोगी रसायन), ‘इनफ्लामेटरी मलिक्युल्स’ (सुजनमा सहयोग पुराउने अणु) , खानामा भएको तत्वहरू, ‘ब्याक्टेरियल मेटाबोलाइट’ (मानिसले खानेकुरा खाएर बनेको केही तत्वलाई जुवाणुहरूले उपयोग गरि विकशित हुन्छन् जसलाई प्राइमरी मेटाबोलाइट भनिन्छ र तिनले प्राइमरी मेटाबोलाइट उपयोग गरे पश्चात उत्पादन गर्ने तत्वलाई सेकेन्डरी मेटाबोलाइट भनिन्छ प्रत्यक्ष उपयोग नगरेपनि सकेन्डरी मेटाबोलाइले जुवाणुको विकासमा सहयोग पुर्याउँछ ।) आदिले प्रभाव पार्छ । तथापी भेगल नर्भ भएर जाने ‘इलेक्टोकेमिकल’ सिग्नल बाहेक पनि पाचन मार्गमा भएको माइक्रोबायमले मस्तिष्कको ‘न्युरोन’लाई प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइएको छ ।

पाचन मार्गमा प्रवेश गरी मस्तिष्कलाई नोक्सान पुर्याउने मुख्य जीवणुहरू

पाचन मार्गमा रहेर हाम्रो शरीरलाई नोक्सान पुर्याउने विभिन्न जीवाणु मध्य ई–कोली (E-COLI) ब्याक्टेरिया प्रमुख हो । ई–कोलीले लाइपोपोली सेक्राइट (यल्.पि.एस्) (Lypopoly Scarite),  छोटकरीमा (LPS) नामक रसायन उत्पादन गर्छ । शरीरको विभिन्न भागबाट अक्सिजन, प्रोटिन, हर्मोनहरू, लगायतका मस्तिष्कलाई आवश्यक पर्ने कुराहरू रगत र लसीका (lymph ) भएर मस्तिष्कमा सजिलै पुग्न सक्छ तर मस्तिष्कलाई नोक्सान पुर्याउन सक्ने रसायन र जीवाणुहरूलाई रोक्न एक प्रकारको संरचना विकास भएको हुन्छ, जसलाई ‘बल्अड ब्रेन ब्यारियर’ भनिन्छ । यल्.पि.एस भने अपवादका रूपमा त्यस्तो रसायन हो जसले मस्तिष्कमा सुजन पैदा गरि नोक्सान पुर्याउँछ, तरपनि सजिलै ‘बल्अड ब्रेन ब्यारियर’लाई पार गरेर मस्तिष्कमा पुग्छ । मस्तिष्कमा यल्.पि.एस्को थोरै मात्रै उपस्थितिले पनि एन्जाइटि, डिप्रेसन, मस्तिष्कको बोझो हुने, शरीरको दुःखाई प्रतिको अनुभूति बढ्ने जस्ता समस्याहरू देखिन्छ । कतिपय अवस्थामा हड्डीको दुखाई हड्डी खिइनुका कारणले नभई मस्तिष्कको उपस्थितिले पनि हुनसक्छ ।

त्यस्तै पाचन मार्गमा पाइने अर्को घातक जीवाणु एच्–पाइलोरी (H-PYLORI) हो । यो जीवाणुले पेप्टिक अल्सर गराउछ (आमासया र सानो आन्द्राको प्रथम भाग ‘ड्योडेनम’को अल्सर)। यो जीवाणुले एमोनिया उत्पादन गर्छ । एमोनिया छारयुक्त वस्तु हो र शरिरको अम्लिय झोलसँग प्रतिकृया गर्दा ‘निउट्रल कम्पाउण्ड’ र ग्यास उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको ग्यास शरिरको विभिन्न भागमा जाने हुँदा शरिर पोल्ने हुन्छ । एच्–पाइलोरीले अन्य घातक जीवाणुलाई ‘बल्अड ब्रेन ब्यारियर’ पार गरेर मस्तिष्कमा जानुलाई सहयोगीको भूमिका खेल्छ ।

‘माइक्रोबायम’को विकास कसरी हुन्छ ?

केही मात्रामा शरीरमा जीवाणु बाहिरबाट छिर्छ नै तर हाम्रो शरीरमा जीवाणुले प्रवेश पाउने मुख्य कारण अर्कैछ । ‘न्युरोफार्माकोलोजिस्ट’ तथा ‘माइक्रोबायम’ प्रोफेसर जोन क्रायनका अनुसार केही मात्रामा विवाद भएतापनि अधिकांश वैज्ञानिकहरू के मान्छन् भने गर्भमा भएको अवस्थामा शिशुको पाचन मार्गमा जीवाणु हुँदैनन् तर जन्मदै गर्दा जीवन सँगसँगै उसले जीवाणु पनि उपहारमा पाउँछ । गर्भबाट बाहिर निक्लदै गर्दा आमाको योनी मार्गमा बच्चाले शरीरलाई आवश्यक पर्ने जीवाणु प्रचुर मात्रामा निल्छ । भविष्यमा विकास हुने आन्द्राको ‘माइक्रोबायम’मा यो प्रकृयाबाट प्राप्त जीवाणुले निक्कै महत्वपूर्ण भूमिका खेल्छ । प्रोेफेसर क्रायनका अनुसार आमाको ‘माइक्रोबायोम’ विशुद्ध रूपमा (नराम्रो जिवाणु नभएको अवस्थामा) बच्चामा सर्छ । आमाको दुःध, वातावरणीय सरसफाई र अन्य कारणले बच्चा जन्मेको एक वा दुई वर्षसम्म ‘माइक्रोबायोम’ दु्रत गतिमा विकसित हुन्छ । तीन वर्षसम्म ‘माइक्रोबायोम’ले पूर्ण रूप लिन्छ ।
(प्राकृतिक रूपमा जन्मेको नभई शल्यक्रिया गरी निकालेको बच्चाका सन्दर्भ केही भिन्न हुन्छ)

पाचन मार्गको ‘माइक्रोबायम’ कसरी कमजोर हुन्छ ?

आमाशयमा खाना पचाउनका लागि अम्लिय झोल उत्पन्न भइरहने हुन्छ । यस्तो अम्लिय झोलको उद्देश्य खाना पचाउने मात्रै नभई पाँचन मार्गमा शरीरलाई नोक्सान पुर्याउने ब्याक्टेरिया निर्मूल पारी सुरक्षागार्डको रूपमा काम गर्नु पनि हो । आमाशयको पिएच् स्केल २ हुन्छ (Ph scale), कुनै झोलिलो पदार्थको अम्लियता वा छारको मात्रा नाप्ने एकाइ हो । पिएच् स्केल ७ मध्यम हो, भने ७ भन्दा जति थरै भो त्यो झोलमा अम्लियताको मात्रा क्रमशः बढ्दै जान्छ र ७ भन्दा जति धेरै हुँदै जान्छ, छारको मात्रा क्रमशः बढ्दै जान्छ) । शरीरलाई नोक्सान पुर्याउने जीवाणुहरूले यो बिग्नको अम्लियतामा जीवित रहेर आमाशयको पार गरि ठूलो तथा सानो आन्द्रामा छिर्न सक्दैनन् । तर लामो समय ग्यास्ट्रिक भएमा, शरीरलाई नोक्सान पुर्याउने जीवाणुहरू रोक्न सक्ने आमाशयको क्षमतामा ह्रास आउँछ । आमाशयको अम्लियता नियन्त्रण गर्न हामीले विभिन्न औषधि खाने गर्नाले पनि आमाशयको पिएच् स्केल बढ्न गई शरीरलाई नोक्सान पुर्याउने जीवाणुहरू ठूलो तथा सानो आन्द्रमा छिर्न सक्ने अवस्था श्रृजना हुन्छ । त्यस्तै खानामा भएको प्रोटिनलाई शरीरमा उपयोग हुन सक्ने अवस्थामा रूपान्तरण गर्न नसकी खानाको एलर्जी हुने पनि हुन्छ ।

तनावको अवस्थामा सानो आन्दा खुम्चेर विषाक्त वस्तुले शरीरमा प्रवेश पाउने र सानो आन्द्राको क्षमतामा ह्रास आउने हुन्छ ।
अत्याधिक मात्रामा तेलीय पदार्थ, पुनःप्रशोधित कार्वोहाइड्रेड खानाले र फाइबरयुक्त खाने कुराको कम सेवन गर्ने बानीले सानो आन्द्रामा भएको खानेकुराबाट पोषण तत्व सोस्ने कपाल जस्तै बस्तु भिलीको आकार खिइँदै सानो हुने भई खानाको पोषण तत्व सोस्न सक्ने क्षमतामा ह्रास आउने हुन्छ र शरीरलाई नोक्सान पुर्याउने चिजलाई शरीरमा प्रवेश गर्न नदिने सुरक्षा गार्डको भूमिका निभाउन नसक्ने हुन्छ ।

‘माइक्रोबायम’ र खाना

प्रिबायोटिक : फर्मेन्टेड खानेकुरा (फर्मेन्टेड अर्थात् अक्सिजनबिना ब्याक्टेरियाद्वारा खानेकुरा रूपान्तरित हुने प्रकृया) जसमा शरीरलाई लाभ पुर्याउने ब्याक्टेरियाहरू हुन्छन्, जसले गर्दा खाना सँगै हामीले त्यसमा भएको ब्याक्टेरियाहरू पनि खान्छौ । जस्तै दही, पनिर, चिज, तोफू, किनिमा, मिसो (भटमास र चामलको मिश्रणलाई फ्रयाग्मेन्टेड गरि बनाएको बनेको जापानीज परिकार, साउरक्रउट (बन्दालाई फ्रयाग्मेन्टेड गरि बनाएको परिकार), किम्जी इत्यादि । प्रिबायोटिक खानेकुराहरू पकाएर खाँदा त्यसमा भएका ब्याक्टेरिया मर्ने हुन्छन्, त्यसैले काँचो खानुपर्छ । जस्तै पनिर वा तोफू नपकाई त्यसै खानु राम्रो हो ।

फर्मेन्टेड गर्दा २४ डिग्री सेल्सियस (रुम टेम्प्रेचर) भन्दा कम तर सुख्खा ठाउँमा राख्नुपर्छ । तापक्रम धेरै भएको खण्डमा हाम्रो शरीरलाई आवश्यक हुने गुणकारी ब्याक्टेरियाहरू मर्छन् । धेरै तापक्रममा राखिने भएकोले घाममा राखेर बनाइने सिसीको अचार, गुन्द्रुक लगायतका खानेकुरा र कार्वोहाइड्रेडबाट फर्मेन्टेडगरि बनाएका जाड, रक्सी, तोङबा लगायतका खानेकुरा प्रिबायोटिक होइनन् ।

प्रोबायोटिकः प्रोबायोटिक खानेकुरा फाइबरयुक्त खानेकुरा हुन् जुन आन्द्रामा भएको राम्रा जीवाणुको आहारा हुन् । प्रिबायोटिक खानेकुराको मद्दतले पाचन प्रकृयामा ब्याक्टेरियाले प्रवेश पाउँछ भने तिनको संख्यामा बृद्धि गर्नका लागि भने प्रर्याप्त मात्रामा प्रोबायोटिक खानेकुरा खानुपर्छ । हरियो तरकारी र फलफूल प्रोबायोटिक खानेकुरा हुन् ।

‘रेसिस्टिभ कार्वोहाइड्रेड : ‘रेसिस्टिभ कार्वोहाइड्रेड’ त्यस्तो कार्वोहाइड्रेड हो जुन खाँदा आमाशय र सानो आन्द्रामा राम्रोसँग नपचेर सिधै ठूलो आन्द्रामा पुग्छ । यसरी पाचन मार्गमा नपचेर सिधै ठूलो आन्द्रामा पुग्दा, त्यहाँ अवस्थित पाचन प्रकृयामा सहयोग पुराउने जीवाणुहरूले ‘रेसिस्टिभ कार्वोहाइड्रेडलाई खान्छन् र तिनको संख्यामा क्रमशः वृद्धि हुँदै जान्छ । प्रो बायोटिक खानेकुराहरू ठूलो आन्द्रामा पुग्दासम्म निक्कै मात्रामा पचीसक्ने हुन्छ, जसका कारण ठूलो आन्द्रामा भएको जीवणुले पर्याप्त खानेकुरा पाउँदैनन् । तथापी शरीरको कोषिकाको तुलनामा सबैभन्दा बढी जीवाणु रहने स्थान ठूलो आन्द्रा हो, जहाँ ९० प्रतिशत जिवाणु छन् भने केवल १० प्रतिशत मात्रै शरिरको कोषीका छन् । यस अर्थमा ‘रेसिस्टिभ कार्वोहाइड्रेड’ खानु निक्कै महत्वपूर्ण छ । अन्य खानेकुरा भन्दा ‘रेसिस्टिभ कार्बोहाइडे«ड’ खाने विधि केही फरक छ । यो प्रतिदिन ५० ग्राम भन्दा नबढाईकन खाना खाएलगत्तै पछि खानुपर्छ । ५० ग्राम भन्दा बढी खाएमा भने नपचेर दिसाबाट निस्कने हुन्छ । जस्तै काँचो केरा, हरियो केराउ, पकाएको गेडागुडी, काँचो आलु र पकाएर चिसो बनाएको (फ्रिजमा) राखेर आलु र भात, मकैको स्टार्चको धुलो, काजु आदि ।

www.theguardian.com/news/2018/mar/26/the-human-microbiome-why-our-microbes-could-be-key-to-our-health

https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC6047317/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कामुलाई प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णयमा प्रधानमन्त्री र मुख्य सचिव दोषी

शारदाप्रसाद त्रिताल । मन्त्रिपरिषदको हालैको निर्णयानुसार कामु प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशले पाउने सुविधा दिने गरी

सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

वासुदेव पौडेल, गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य

राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको