हाम्रो गन्तव्य राजनीति झगडा मात्र हो ?



डा. युवराज संग्रौला ।
विकास नभएर त मानिसको उन्मूलन हुँदैन भन्ने मनिसको क्रमशः उन्नयनले देखाएको छ, तर भ्रामक, अव्यवस्थित एवम त्रुटिपूर्ण विकासले मानिस वर्वाद हुन्छ भन्ने कुरा सायद नेपालले प्रमाणित गर्छ भन्ने कुरा लाग्न थालेको छ।

१. के विकास मानिसको सामाजिक चेतना विरुद्धको निर्माणका नामको विध्वंश हो ?

२. गाउँमा जङ्गल काटेर प्लटिंङ्ग गर्ने कांग्रेस र कम्युनिस्टलाई कसले सिकाउने, रास्ट्र ध्वस्त भयो भने आफ्नै अस्तित्व समाप्त हुन्छ । यी मान्छे कांग्रेस र कम्युनिस्ट भन्ने ठानेको त यी बाख्राका शरीरमा लागेको किर्ना पो रहेछन् । सम्पूर्ण जन्संख्या नै माफिया बन्न लागे जस्तो !

३. गाउँमा कुर्कुरे मात्र पाइँदो रहेछ, बालबालिकाको तौल र हाइट हेर्नुस् आफैं थाहा हुन्छ खराब खानाको असर । के होला कोरोना भाइरस जस्ता रोग फैलियो भने त्यसको असर ?

४. इतिहासको उन्मूलन भैसक्यो, चिसापानीगढी, सिन्धुलीगढीको हालत हेर्नुहोस् । नेपाल त मासिइसकेको जस्तो छ ।

५. गाउँघरमा खुलेका रिसोर्टमा जानुहोस् रक्सी कति छ ? गाउँमा पुगेर भट्टी पछाडि हेर्नुहोस् रक्सीका बोतल कति छन् ? यहि हो विकास ?

६. रक्सी मात्रै खान जन्मिएका हौं हामी ? उत्तर एक जनाबाट आयो, होइन डोजरले गाउँ भत्काउन त विदेश जान पनि जन्मेका हौं ?

७. उद्योग खुले ? खुले तर के का ? कुर्कुरे र रक्सी उत्पादन गर्ने । हामी खाद्यान्न किनेर खाने मानिस !

८. गाउँमा सबै बारी खेत खाली छन् ।

. हाम्रो गन्तव्य राजनीति झगडा मात्र हो ?

हाम्रो उन्नति विदेश जानू, पहाडलाई डोजर लगाउनु, कुर्कुरे खानु, रक्सी पिउनु, फोहोरी संस्कृतिमा रमाउनु, कुरा काट्नु, ज्ञानको मान मर्दन गर्नु, विदेशीको गुलामी गर्नु मात्र भयो । बिचार र सोच बेगर कराउनु पनि विकास नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा