कोरोनाभाइरसबाट फिलिपिन्समा एक जनाको मृत्यु



कोरोनाभाइरसको सङ्क्रमण भएका एक व्यक्तिको पहिलो पटक चीनबाहिर मृत्यु भएको पुष्टि भएको छ। तर फिलिपिन्समा मृत्यु हुने ती ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो। अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तमा छन्।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ। अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था मिलाएका छन्।

मृत्यु हुने ती पुरुष हङ्‌कङको बाटो हुँदै एक ३८ वर्षीया महिलासँग फिलिपिन्स आएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। ती महिलामा पनि सङ्क्रमण भएको पुष्टि भएको छ।

ती पुरुषलाई महिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई गम्भीर खालको न्युमोनिया भयो। फिलिपिन्सस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रवीन्द्र अभयसिङ्घेले सर्वसाधारणलाई विचलित नहुन आग्रह गरेका छन्

चीनबाहिर पहिलो पल्ट कोरोनाभाइरसका कारण कसैको ज्यान गएको पुष्टि भएको भन्दै उनले भने, “हामीले के बुझ्नुपर्छ भने यो स्थानीय रूपमा भएको सङ्क्रमण हैन। ती बिरामी महामारीको केन्द्रबिन्दु भएको ठाउँबाट आएका थिए।”

स्थानीय समाचारपत्र र्‍याप्लरले देशका स्वास्थ्यसचिवलाई उद्धृत गर्दै मृत्यु भएका व्यक्ति स्थिर अवस्थामा भएको र उनमा सुधारको सङ्केत देखिएको भए पनि २४ घण्टामा उनको स्थिति बिग्रिएको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजी सूचीमा

रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ

रूखमा कार ठोक्किँदा मध्य प्रदेशमा पाँच जनाको मृत्यु

भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार

आममाफी दिने सरकारको निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, पुनर्विचार गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर

अमेरिकास्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको