कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंमा एकजना निगरानीमा, रसुवागढी नाकामा उच्च सतर्कता



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ ।

यसअघि चार जनामा गरिएको परीक्षणमा माघ ९ गते एक जनामा सङ्क्रमण भएको फेला परेको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ ।

बुधबार साँझ बसेको बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । जनमानसमा नकारात्मक सन्देश जानसक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ ।

बैठकमा सङ्क्रमण फैलनसक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिनुभयो । यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन् ।
कोरोना नियन्त्रणमा उच्च सतर्कता
छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधन युक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ । रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेल रहनुभएको उपसमिति गठन भइसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकोछ ।

उता सीमा क्षेत्रका चिनियाँ अधिकारी भने आजदेखि रसुवागढी केरूङ सीमा क्षेत्रको आवतजावतमा बन्द गरेका छन् । कोनोरा भाइरसको नियन्त्रको समस्या एवं चिनियाँ भू–भागको राजमार्गमर्मत र ल्होछार पर्व समेतको कारण दर्शाइ आजदेखि १५ दिनका लागि केरूङको आवतजावत बन्द गरेको बताइएको छ । राजमार्ग सुधारका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि कुनै पनि सवारी साधन नगुढाउने र मानिस ओहरदोहरमा रोक लगाउने सीमा क्षेत्रका चिनियाँ अधिकारीले जानकारी पठाएको सुरक्षा निकायले बताएको छ ।

सामान लिन रसुवागढी पुगेरको मितेरी पुल नजिकै रहेको चिनियाँ गढीबजारसम्म जान भने स्थानीयवासी पाउने जानकारी आएको सीमा क्षेत्रका सुरक्षा निकायले जनाएको छ । आजदेखि रसुवागढी केरूङको अवतजावत नहुने भएपछि कामको सिलसिलामा केरूङबाट घर आउन चाहने नेपाली भने मङ्गलबार साझ नै नेपाल भित्रिसकेको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ