यस्तो छ नेकपाको केन्द्रीय कमिटी बैठकको कार्यसूची



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बुधबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए ।

बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा बस्न लागेको हो । पार्टी एकता भएको डेढ वर्षपछि बैठक पहिलो पटक कार्यसूचीसहित बस्न लागेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू
१. सहिदहरूप्रति श्रद्धाञ्जलि,
२. बैठककाे उद्घाटन र उद्घाटन मन्तव्य – सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा अाेली,
३. राजनीतिक प्रतिवेदन प्रस्तुति – अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहाल”प्रचण्ड”,
४. संगठनात्मक प्रतिवेदन तथा विधान संशाेधन प्रस्ताव प्रस्तुति – महासचिव विष्णुप्रसाद पाैडेल,
५. सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामकाे रिपोर्टिङ,
६. समसामयिक प्रस्तावहरूकाे प्रस्तुति र
७. विविध ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ ।