चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो



चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ। चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।

वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ। कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।

यो परियोजनाले “हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छ” र यो “छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,” चान्गजीयाङ पत्रिकामा भनिएको छ।

वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। चार मध्ये एउटा मामला गम्भीर मानिने गर्छ।

चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्। थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ। धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको