एमसिसीको ट्रान्समिसन लाईन नेपालमा नजोडेर किन लगियो गोरखपुर ?



भरत दाहाल ।
एमसिसीले बनाउने भनिएको ट्रान्समिसन लाइन नेपाललाई हस्तान्तरण गरेर नेपालले नै अरू देशहरूसँगको ग्रीडमा जोड्ने नीतिमा नगएर किन सिधै एमसिसीले सम्झौतामा नै इण्डियासँग ग्रीड सम्झौता गर्नु पर्ने कुरा उठायो ? किन सो लाइन गोरखपुरमा लगेर जोड्ने योजना बन्यो ? यसको कारण र त्यसका पछाडिको साम्राज्यवादी कुनियत बुझ्न एकदमैं जरूरी छ।

एमसिसीले बनाउने भनिएको ४ सय केभी प्रशारण लाईनका लागि नेपालमा दशकौंसम्म बिजुली हुँदैन। त्यसले ईण्डियासँग बिजुली किनेर प्रशारणलाईन चलाउने योजना बनाएको छ । एमसिसी सम्झौतामा इण्डियाको समर्थन खोजिनु र गोरखपुरमा ग्रीड जोड्ने कुरा गर्नुको कारण यही हो । यही कारणले एमसिसीले लाईन निर्माण भएपछि नेपाललाई हस्तान्तरण नगरेर स्वतन्त्र ढंगले चलाउने आफ्नै स्वायत्त विद्युत नियामक संस्था (इआरसी) बनाएको हो।

एमसिसीको लाईन किन लगियो दमौली हुँदै बुटवलतिर ? यसको कारण पनि स्पष्ट छ( बुटवलको जीतगढीदेखि ३ कि.मी. उत्तर पाल्पाको नुवाकोटमा उजीरसिं थापाको नेतृत्वको नेपाली फौज अंग्रेजहरुसंग लडेको सामरिक डाँडो छ। सो स्थानको लडाईंमा उजीरसिंले जनरल उडको नेतृत्वमा आएको १० हजार बेलायती फौजमा ठूलो नोक्सानी पुर्याएर लखेटेका थिए।

त्यो सामरिक डाँडोमा पश्चिमाहरुले पहिल्यैदेखि आँखा लगाएका थिए । त्यही डाँडोलाई छोएर जाने गरी ट्रान्समिशन लाईन घुमाएर दमौली पुर्याइएको हो । सो डाँडो कब्जा गरेर त्यहाँ स्याटालाइट प्रणालीबाट क्षेप्यास्त्र प्रहार गर्ने स्टेशन बनाउने तयारीमा अमेरीका छ।

यो षड्यन्त्रमा असर नपुगोस् भनेर त्यसले सम्झौतामा ’अमेरिकी उत्पादनमा असर पुर्याउन नपाईने’ प्रावधानमा सही गराएको छ । अमेरिकी उत्पादन भनेको हतियार उद्योग हो । कदाचित ईण्डियालाई यसमा प्रयोग गर्न नसकिने विश्व परिस्थिति उत्पन्न भएको खण्डमा लगानी फिर्ता लग्न सजिलो होस् भनेर एमसिसीले ’अमेरिकाको राष्ट्रिय हित पूरा नहुने देखिएको खण्डमा’ सम्झौता एकपक्षीय रुपमा रद्द गर्ने हस्ताक्षर गराएको छ । चीनका विरूद्धमा हतियार स्टेशन बनाउन पाएन भने अमेरिकी साम्राज्यवादले सुको पनि अनुदान दिनेवाला छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय