सत्य निरुपण तथा मेलमिलाप आयोग गठनकाबारेमा सत्तापक्ष र प्रतिपक्षीदलका शीर्ष नेताबीच छलफल
काठमाडौं । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफलमा जुटेका छन् ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आयोगमा पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको हो । भेटमा उहाँहरुबीच आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।