‘नेपालीमूलका बेलायती मेयरको काठमाडौं महानगरपालिका सुन्दर बनाउने योजना’



पर्वत जिल्लाको बिहारियाका डा. जगन्नाथ शर्मा, कोलबर्न टाउन काउन्सिलका, नर्थ योर्कसार्काका मेयर हुन् । एउटा विकसित राष्ट्रको मेयर भएको कारण हामीले उहाँलाई सोधेका थियौं, तपाईं यही काठमाडौं महानगरपालिकोको मेयर हुनुहुन्थ्यो भने के के गर्नुहुन्थ्यो ? सोही कुराकानीमा अधारित रहेर तयार पारिएको कभर स्टोरी

महेश श्रेष्ठ ।
नगरपालिकाको योजना तर्जुमा के कुरा प्राथमिकतामा पार्ने भन्ने कुरा नगरपालिकाको श्रोत साधनको आधारमा हुने कुरा हो । तर केही कुरामा थोरै लागानी गरेर पुग्ने र धेरै प्रभाव पार्ने खालको हुन्छ ।

पहिलो कुरा त बाटोघाटोको अस्तव्यस्ततालाई सम्बोधन गर्न जरुरी देख्छु । बाटोघाटो व्यवस्थित गर्न त्यति धेरै खर्च लाग्दैन र बाटोघाटोले वातावरण, स्वास्थ्य, सहरी सुन्दरता लगायतका विभिन्न कुरामा प्रभाव पारेको हुन्छ । शहरका कुनाकुनामा भएका बाटोघाटो कालोपत्रे गर्नु वा धुलो रहित बनाउनु मेरो पहिलो प्राथमिकता हुने थियो ।

एउटा मेयरले सधैँ जनतालाई कसरी खुसी र सन्तुष्ट राख्ने भनेर सोच्नुपर्छ । मैले काठमाडौंका धेरै मानिस निरास भएको पाएको छु । यहाँका मानिस पढाइमा राम्रा छन् । तर जागिर छैन । काम गर्ने वातावरण छैन भनेर निरास छन् । ‘प्राइभेट पब्लिक पार्टनरसीप’बाट रोजगार श्रृजना गर्न पहल गरेर युवामा देखिएको नैराश्यतालाई सम्बोधन गर्न पहल गर्ने थिएँ ।

शहरका कुनाकुनामा भएका बाटोघाटो कालोपत्रे गर्नु वा धुलो रहित बनाउनु मेरो पहिलो प्राथमिकता हुने थियो ।

मेरो प्राथमिकतामा पर्ने अर्को कुरा भनेको जनताको मन जितेर जनतालाई कर तिर्न अभिप्रेरित गर्ने हो । जनताबाट उठाएको करको सही सदुपयोग भयो र कामको पारदर्शिता भयो भने जनताले खुशीले कर तिर्छन् ।

काठमाडौं महानगरपालिकाको मुख्य समस्या भनेको फोहर व्यवस्थापन हो । शहर फोहर हुनुमा महानगर मात्रै जिम्मेवार छैन । जनताको जनचेतना मै कमी छ । त्यसैले संस्थागत र निरन्तर रूपमै जनचेतना अभिवृद्धि गर्ने सवालमा विद्यालयमै गएर साना साना नानीहरूलाई शहर दुषित भो भने हामीलाई नै रोग लाग्ने हो, विदेशीले हामीलाई नै फोहरी भन्ने हो भनेर चेतना फैलाउनु पर्छ । त्यस्तै फोहर छिटो छिटो जम्मा गर्ने । पुनः प्रयोगमा ल्याउन मिल्ने र नमिल्ने फोहर छुट्याएर पुनःप्रयोग गर्नु मिल्ने फोहरलाई लगानी गरेर नै ग्यास उत्पादन गर्ने, कम्पोस्ट मल बनाउने के गर्न सकिन्छ गर्नुपर्छ ।

त्यस्तै अस्पताल व्यवस्थित छैनन् । अस्पतालको शौचालय निक्कै फोहर हुने गरेको पाएँ । खासै मेहनत र लगानी पर्ने कुरा होइनन् नि तर जिम्मेवार निकाय चुकेको छ । यस्ता समान्य कुराले सहरको छवी बिग्रन्छ ।

पुनः प्रयोगमा ल्याउन मिल्ने र नमिल्ने फोहर छुट्याएर पुनःप्रयोग गर्नु मिल्ने फोहरलाई लगानी गरेर नै ग्यास उत्पादन गर्ने, कम्पोस्ट मल बनाउने के गर्न सकिन्छ गर्नुपर्छ ।

विकसीत मूलुक र नेपालको मेयर हुनुमा अधिकार त उस्तै हो । तर यहाँ मेयरले कामगर्न नसक्नुमा चिनेजानेकाले व्यक्तिगत काम गर्न दिइने दवाव हो । मेयरले गर्ने भनेको समुदायको विकाशगर्ने हो । कुरै व्यक्तिचाहे नेताहोस् वा सर्वसाधारण, व्यक्तिगत चिनचानकाअाधारमा आफूलाई फाइदा पुग्ने काम गराउन दवाव दिने संस्कारले गर्दा मेयरले प्रभावकारी ढङ्गले काम गर्न सक्दैनन् । ठेक्कापट्टा आफ्नो मान्छेलाई पार्ने ,आफ्नो मान्छेलाई जागिर खुवाउने जस्ता कामका लागि दवाव दिनु यहाँका जनताको गल्ती हो ।

बेलायतको कुरा गर्दा, कुन स्थानमा शहर बनाउने हो भनेर कम्तीमा बीस–बाइस वर्ष अगडि नै योजना बनाइन्छ । कहाँ बस्ती बसाल्दा वातावरणीय जोखिम हुँदैन, वन जंगल मास्न पर्दैन, बाटोघाटो सजिलैसँग लान सकिन्छ भन्ने कुरा हेरेर सहर निर्माण गर्न भूभागको छनौट गरिन्छ । त्यसपछि बाटो लाने, विजुली लाने, पानी र ढलको व्यवस्थापन गर्ने गरिन्छ । सबै खालको आधारभूत सुविधा पुर्याएपछि मात्रै घरहरू बनाउने काम शुरू हुन्छ । हाम्रोमा भने पहिला घना बस्ती भएपश्चात मात्रै बाटो, विजुली, पानी आदिको विस्तार गर्ने काम हुन्छ । योजना बिना यसरी बस्ती विकास गरिंदा विकास खर्च ह्वात्तै बढ्छ ।

ठेक्कापट्टा आफ्नो मान्छेलाई पार्ने ,आफ्नो मान्छेलाई जागिर खुवाउने जस्ता कामका लागि दवाव दिनु यहाँका जनताको गल्ती हो ।

भिजिट नेपाललाई सफल बनाउन मेयरको पनि जिम्मेवारी हुन्छ । भिजिट नेपालका सन्दर्भमा सहरको सरसफाईसँगै, होटल व्यवस्थापन, फुटपाथमा भएका पसलहरू हटाउने काम गर्ने थिएँ । महानगरमा सवारी साधनको अस्तव्यस्ता पनि धेरै छ । सवारी व्यवस्थापन ट्राफिक र यातायात मन्त्रालयको काम होला तर नगरपालिकाले पनि पहल गर्नुपर्छ । सरकारले भिजिट नेपाललाई सफल बनाउने भौतिक पूर्वाधार निमार्ण गर्नुपर्ने देखिन्छ । महानगरले गरिहाल्नु पर्ने कुरा भनेको सार्वजनिक शौचालयहरूको निर्माण पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली चिकित्सक बनेर लुटपाट गरेपछि….

काठमाडौँ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा

रास्वपाको केन्द्रीय संगठन विभागमा तीन र अनुशासन आयोगमा दुई सदस्य मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभाग र आयोगमा केही सदस्यहरू मनोनयन गरेको

पहिलो र दोस्रो जनआन्दोलनमा आफूहरुले गरेको योगदान नबिर्सन सांसदहरुलाई पाँच कर्मचारी संगठनको चेतावनी

काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्

उच्च र जिल्लाका गरी ठूलो संख्यामा न्यायाधीशको सरुवा(सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाको सिफारिस गरेको