‘स्वस्थ जीवनको आधार, औषधि होइन उपवास’



महेश श्रेष्ठ। 

ढुङ्गे युगमा मानिससँग आजको जस्तो प्रशस्त खानेकुरा हुँदैनथ्यो । न त उनीहरूसँग खानेकुरालाई भण्डारण गरेर राख्ने विधि थिए । त्यस्तै दैनिक रूपमा शिकार गरेर वा खोजेर खानकुराको जोहो गर्नु सजिलो काम थिएन । यस्तो अवस्थामा तिनीहरूले खानेकुरा हुँदा प्रसस्त खाने र नहुँदा लामै समय भोकै बस्ने गर्दथे । हजारौं वर्षसम्मको यसरी खाने व्यवहारका कारण मानिसको शरीर सोही अवस्था अनुकूल रूपान्तरित हुँदै आयो ।

हिजोआज खानेकुरा सर्वसुलभ हुँदै गर्दा मानिसले आफ्नो शरीरको विज्ञानलाई नबुझेर दिनको तीन पटक खाने गर्छन् । तर केही लामो समय शरीरलाई खानाबाट वञ्चित गरेमा शारीरिक र मानसिक रूपमा निक्कै नै फाइदा पुग्ने अनुसन्धानहरूले देखाएका छन् ।

लामो समयको उपवासले गर्ने फाइदाहरू

हाम्रो शरीरमा नयाँ कोषिका बन्ने र पुरानो कोषिका मर्ने कुरा निरन्तर भइरहेको हुन्छ । कोषिका काम नलाग्ने भएपछि शरीरमा जम्मा हुँदै जान्छ । यसरी काम नलाग्ने कोषिका ( अर्थात् प्रोटिन) थुप्रिदै जाँदा त्यसमा निरन्तरको परिवर्तन हुँदै जान्छ । यस्तो परिवर्तले शरीरको तन्तु र अंगहरूमा असर पुर्याएर कमजोर पार्दै समयसँगै तिनलाई नाजुक अवस्थामा पुर्याउने (डिजेनेरेटिभ डिजिज लाग्छ ) हुन्छ ।

‘अल्जाइमर’ र क्यान्सर जस्ता बिस्तारै विकसित हुने रोगहरूलाई ‘डिजेनेरेटिभ डिजिज्’ भनिन्छ ।‘एम्लोइड बेटा’ वा ‘ताउ प्रोटिन’ थुप्रिएर मस्तिष्कले राम्रोसँग काम गर्न नसक्ने भई ‘अल्जाइमर’ रोग देखिने हो । शरीरमा थुप्रिदै जाने प्रोटिन शरीरलाई हानी पुर्याउने ब्याक्टेरयाको खाना हो । यसरी हानी पुर्याउने ब्याक्टेरयाको खाना थुप्रदै जाँदा शरीरलाई नोक्सानी पुर्याउने ब्याक्टेरियाहरूले एउटा निश्चित स्थानमा शरीरलाई उपयोग हुने ब्याक्टेरिया बिस्थापित गरेर, आफ्नो समाज निर्माण गरेर दिन प्रतिदिन आफ्नो संख्या बढाउँदै लगेर, शरीरको सम्बन्धित भागलाई काम नलाग्ने बनाउनु भनेकै क्यान्सर हुने हो ।

लामो समय उपवास बसेमा यस्ता स्वास्थ्य समस्याहरूबाट बच्ने मात्रै नभई, अन्य थुप्रै फाइदा हुन्छ । बोसो गलेर तौलमा कमी आउनु, नयाँ तन्तुको उत्पादन भई मांशपेशी कसिलो र मजबुत बन्नु, डायबेटिज र मुटु सम्बन्धी रोगको जोखिममा कमी आउनु, पाचन शक्तिमा बृद्धि हुनु, युवा अवस्था लम्बिनु, आयु बढ्नु लगायतका फाइदा हुन्छ । लामो उपवासले शरीरमा कसरी फाइदा पुर्याउँछ भन्ने जान्नु ‘अटोफिजी’ प्रकृयालाई बुझ्नु जरुरी हुन्छ । ‘अटोफिजी’ प्रकृया के हो ?भन्ने प्रसंगमा जानु अगाडि लामो उपवास कसरी बस्ने भन्ने कुराका बारेमा हेरौं ।

लामो समयको उपवास कसरी बस्ने ?

लामो समयको उपवासको अवधि एक हप्ता, दुई हप्ता, तीन हप्ता कति लामो गर्नुपर्ने हो भन्ने सन्दर्भ स्वयंमा निर्भर रहन्छ । तर जति लामो उति राम्रो । तथापी अफ्नो स्वास्थ्यमा प्रतिकूल हुनेगरि उपवास बस्नु हुँदैन । उपवास बस्ने मानिसले आफूलाई असहज महसुस भएमा रोक्नुपर्छ ।
केही मानिसले सहज रूपमै प्रथम प्रयासमै लामो उपवास बस्न सक्छन् । कसैकसैले प्रथम प्रयासमै लामो उपवास बस्न असहज महसुस गर्छन् । यस्तो अवस्थामा भने प्रारम्भमा हप्तामा लगातार, दुई दिनको उपवास केही पटकका लागि बस्ने । विस्तारै आफ्नो क्षमता बृद्धि हुँदै गएपछि आधा, एक, दुई हप्ता गरेर अवधी बढाउन सकिन्छ । कति लामो अवधीको उपवास बसेको हो त्यसको आधारमा वर्षमा कति पटक उपवास बस्ने भन्ने कुरा निर्धारण गर्नुहोस् । स्वस्थ्य जीवनका लागि वर्षमा २–३ पटक १० दिनको उपवास बस्न सकिन्छ । सो अवधी भन्दा लामो उपवास बस्नेले उपवासको संख्या घटाउन सक्छ । आधा हप्ता वा एक हप्ता भन्दा कम समयको उपवास मात्रै बस्ने मानिसले आफूखुशी महिना वा दुई महिनामा एक पटक गर्दा हुन्छ । लामो उपवास वर्षमा कति पटक गर्ने कति अवधीको गर्ने त्यस्तो केही विशेष नियम छैन ।

यस्तो उपवासको दौरान पानी, चिनी नहालेको फिक्का चिया वा कफी मात्रै खाएर बस्नु निक्कै नै राम्रो हो । तथापी पुरुषले ६ सय र महिलाले ५ सय क्यालोरी बराबरको सलाद, फलफूल वा फलफूललको जुस दैनिक रूपमा सेवन गर्न सक्छन् । कमजोरी भएमा हड्डी उमालेर खानुपर्छ । हड्डीको सुप बनाउँदा मात्रा अनुसार आधा एक चम्चा भेनेगर राखेर बनाउनु राम्रो हुन्छ । भेनेगरले हड्डीमा भएको पोषण तत्व निकाल्न मद्दत गर्छ । लामो उपवासको दौरान देखिन सक्ने समस्या भनेको मस्तिष्कमा चिल्लो पदार्थ पर्याप्त नपुग्नु हो । हाम्रो मस्तिष्को ६०% भाग चिल्लो पदार्थले बनेको हुन्छ । मस्तिष्कमा चिल्लो नपुगेको अवस्थामा रिंगडा लाग्ने, आँखा अगाडि अँध्यारो छाउने, कमजोर महसुस हुने जस्ता समस्या देखिन सक्छ । यस्तो अवस्था हड्डीको सुप खानाले हड्डीभित्रको मासी (बोन म्यारो) मिसाएर खानुपर्छ । तर हड्डीको सुप खान नचाहनेले वा साकाहारीको आवश्यकता अनुसार एभोगार्डो अथवा एकदेखि दुई चम्चा चिनी नभएको शुद्ध क्रिम खानुपर्छ । तर कार्बोहाइड्रेट, प्रोटिन, तेल (अनस्याचुरेटेड फ्याट) वा तारेको खानेकुरा र चिनी भने पटक्कै खानु हुँदेन । निक्कै थोरै मात्रामा मात्रै पनि ‘लुसिन’ नामको ‘एमिनो एसिड’ हाम्रो शरीरमा छिरेमा‘अटोफिजी’ प्रकृयामा अवरूद्धता आउनाले उपवासबाट फाइदा मिख्ने क्रममा अवरूद्धता आउँछ । ‘एमिनो एसिड’ प्रोटिन युक्त खानेकुरामा पाईन्छ ।

यो विषयमा अनुसन्धान जारी नै छ, यसै सन्दर्भमा केही मानिसहरूले कमजोरी भएको, मुड ठिक नभएको, निन्द्रामा समस्या भएको जस्ता गुनासो पनि गरेको पाइएको छ । एक हप्ता भन्दा कमको सन्दर्भमा आफ्नै पहलमा उपवास गर्न मिल्छ । त्यो भन्दा लामो किसिमको उपवासको सन्दर्भमा चिकित्सक वा विज्ञसँग परामर्श लिनु राम्रो हो । ग्यास्ट्रिक, डायबेटिज् जस्ता रोग लागेका मानिसले डाक्टरको सल्लाहमा उपवास बस्नु राम्रो हो । तर धेरै अध्ययनहरूले क्यान्सरको सुरूवाती चरण लगायत थुप्रै रोगहरू लागेका मानिसले लामो उपवास बस्दा रोगहरू निको हुने गरेको पाइएको छ ।

‘अटोफिजी’ प्रकृया के हो ?

‘अटोफिजी’ दुई ग्रीक शब्द ‘अटो’ र ‘फिगेन’को जोडबाट बनेको शब्द हो । ग्रीक भाषामा ‘अटो’को अर्थ आफैं र ‘फिगेन’ को अर्थ खानु हो । ‘अटोफिजी’को अर्थ आफैंलाई खानु हो । हाम्रो शरीरमा नयाँ कोषिका बन्ने र पुरानो कोषिका मर्ने कुरा निरन्तर भइरहेको हुन्छ । केही पटकको विभाजन पश्चात जब,कुनै कोषिकाको प्रभाव कम हुँदै जान्छ त्यस्तो अवस्थामा कोषिका आफैं मर्छ । यो प्रकृयालाई ‘यापप्टोसिस्’ वा ‘प्रोग्राम्ड सेल डेथ’ भनिन्छ । नयाँ कोषिका उत्पादनमा भन्दा कृयाशील कोषिकामा भएका संरचनाहरू (कोषिका विभिन्न भागहरू, प्रोटिनहरू र कोषिकाको बाहिरी पत्र आदि) जोगाई राख्न धेरै उर्जा लाग्ने अवस्थामा शरीरले कृयाशील कोषिकालाई पञ्छाएर नयाँ उत्पादन गर्न थाल्छ । प्राणीको स्वास्थ्यका लागि यो अपरिहार्य प्रकृया हो । तर यसरी मरेका कोषिकाहरू भने शरीरमा जम्मा भएर बसेका हुन्छन् । यसरी जम्मा भएका कोषिकाहरू शरीरलाई हानी पुर्याउने जीवाणुहरूका लागि खानाको श्रोत भएको हुँदा विभिन्न रोगहरू लाग्नुको एउटा मुख्य कारण यो पनि हो । शरीरलाई लामो समय भोकै राख्दा भने शरीरको समान्य व्यवहारमा फेरबदली आउँछ । लामो समय भोकै बस्दा समानान्तर रूपमा दुई वटा प्रकृयाको थालनी हुन्छ ।

पहिलो प्रभावकारिता कम हुँदै गएका कोषिकाहरूलाई मर्न नदिएर त्यसमा भएका प्रभावहीन भागहरू फेरबदली गरेर वा कमी भएका तत्वहरूको पूर्ति गरेर तिनलाई दुरूस्त बनाई कोषिकाको आयु बढाउने प्रकृयाको थालनी हुन्छ । अनि कोषिकाका प्रभावहीन भागहरू शरीरमा जम्मा हुन नपाई समूल नष्ट हुन्छ । यो प्रकृयामा कोषिकामा रहने ‘लाइसोसोम’ भन्ने अंगको भूमिका हुन्छ ।‘लाइसोसोम’ले मरेका कोषिकाको विभिन्न भागलाई छुट्टयाउँछ । सँगसँगै त्यसमा रहेको ‘इन्जाइम’को मद्दतले प्रयोगमा नआउने कोषिकाका अवशेषहरूलाई खाएर यसले शरीरको सफाई गर्छ ।

दोस्रो प्रकृया के हो त भन्ने कुरा बुझ्ने सन्दर्भमा एकै छिनको लागि हाम्रो शरीरलाई एउटा कोठा मानिलिनुहोस् । कोठाबाट पुरानो समान मिल्काइएन भने नयाँ समान अट्दैन र केही समय पश्चात सबै पुराना समान मात्रै रहँदा कोठा कवाडखानामा परिणत हुन्छ । तर केही पुराना समान ममर्त गरियो र केही काम नलाग्ने समानहरू मिल्काइयो भने कोठाको केही भाग रित्तो हुन्छ । यस्तो रित्तो स्थान भर्न हामीले नयाँ समान किनेर राख्न सक्छौं । यसो गर्नले कोठा सधैँ नयाँ भइरहन्छ । शरीरलाई लामो समय भोकै राख्दा घटित हुने दोस्रो प्रकृया ठ्याक्कै यस्तै प्रवृत्तिको छ । पहिलो प्रकृयाद्वारा जब हाम्रो शरीरबाट काम नलाग्ने कुराको सफाई भएको हुन्छ, उक्त रिक्त स्थानमा शरीरले नयाँ समान भर्ने प्रकृयाको थालनी गर्छ । यसको लागि शरीरमा ग्रोथ हर्मोन श्राप भई शरीरमा समान्य अवस्थामा भन्दा तिव्र गतिमा नयाँ कोषिकाहरू उत्पादन हुन्छ । यसका कारण ‘अटोफिजी’ प्रकृयाले मानिसको बुढ्यौली हुने प्रकृयालाई सुस्त मात्रै बनाउने नभई मानिसलाई झन् झन् युवा बनाउँदै लैजान्छ ।

‘अटोफिजी’ प्रकृया कसरी शुरु हुन्छ ?

प्राणीको शरीरमा लामो समयका लागि दुई किसिमले उर्जाको भण्डारण हुन्छ । पहिलो ग्लुकोजमा रहेन ‘ग्लाइकोजीन’का रूपमा र अर्को बोसोमा (एडिपोस टिस्यू) रहेन ‘ट्राइग्लिसराइड’का रूपमा रहन्छ । मानव शरीरको हकमा ‘ग्लाइकोजीन’ कलेजो र अस्तिपञ्जरको मांसपेशीका कोषिकाहरूमा उत्पादन भई, सोही अंगमा जम्मा भएर बसेको हुन्छ । कलेजोमा अंगको तौलको ५% देखि ६% सम्म ‘ग्लाइकोजीन’ जम्मा भएर बसेको हुन्छ । सत्तरी किलो तौल भएको मानिसको कलेजोमा सालाखाला १०० देखि १२० ग्राम ‘ग्लाइकोजीन’ जम्मा भएर बसेको हुन्छ । अस्तिपञ्जरको मांसपेशीका कोषिकाहरूमा चाहिं निक्कै कम मात्रामा हुन्छ ।

खाना खाने गरेको समान्य अवस्थामा पाचन प्रकृयाका दौरान खाना शरीरले सजिलै प्रयोग गर्न सक्ने ग्लुकोजमा रूपान्तरण हुन्छ । त्यहि ग्लुकोज रगतमा मिसिएर शरिरभरीका कोषिकामा पुग्छ । तर केहि अवधी भोकै बसेको अवश्थामा रगतमा ग्लुकोजको आपूर्ती बन्द हुन्छ । समान्य अवश्थामा रगतमा बग्ने ग्लुकोजलाई भोकै बसेको अवस्थामा कलेजोको ‘ग्लाइकोजीन’ले पुनस्र्थापन गर्छ । ग्लुकोज र ‘ग्लाइकोजीन’को तालमेल रगतमा सुगरको मात्रालाई स्वस्थ्य अवस्थामा राख्नका लागि हो । रगतमा सुगरको मात्रा मिलेन भने मानिसको ज्यान जान सक्छ । तसर्थ रगतमा सुगर नियन्त्रणका लागि शरीरमा यस्तो संरचना विकास भएको हुन्छ ।

रगतमा सुगरको मात्रा हामीले खाएको कुरासँग सरोकार हुन्छ । हामीले कार्वोहाइडेड, गुलियो, प्रोटिन वा चिल्लो के खान्छौं, कति मात्रामा खान्छौं र कति लामो समय खाँदैनौं भन्ने जस्ता कुराले दिनभर शरीरमा सुगरको मात्रा बढ्ने र घट्ने भइरहन्छ । रगतमा सुगरको मात्रा आवश्यक भन्दा बढी हुँदा इन्सुलीनको सहायताले शरीरको कोषिकाले ग्लुकोजलाई उर्जाका रूपमा उपयोग गर्छ । यसरी ग्लुकोजको उपयोग भएपछि रगतमा सुगरको मात्रामा गिरावाट आई नियन्त्रित हुन्छ ।

त्यस्तै दुई छाक खाना खाँदाको बीचको अवधिमा, राति निदाएको बेला रगतमा सुगरको मात्रामा कमी हुँदा पाँचन थैलीबाट ‘ग्लुकोगन’श्राप हुन्छ । ‘ग्लुकोगन’को प्राभावले कलेजोमा जम्मा भएर बसेको ‘ग्लाइकोजीन’हर्मोन ग्लुकोजमा रूपान्तरण हुन्छ र रगतमा मिसिन जान्छ । यो प्रकृयाका कारण रगतमा सुगर कम भएको अवस्थामा सुगरको मात्रा बढ्न गई रगतमा सगुरको मात्रा नियन्त्रित हुन्छ ।
लामो समयको उपवासको बेला कलेजोमा रहेको ‘ग्लाइकोजीन’ निरन्तर प्रयोगमा आउँदा सकिने हुन्छ । ‘ग्लाइकोजीन’ सकिंदा र खानाबाट पनि शरीरले सुगर नपाउँदाको अवस्थामा, रगतमा सुगरको नियन्त्रणका लागि शरीरमा बेग्लै संरचानाको विकास भएको हुन्छ ।

त्यस्तो अवस्थामा बोसोमा(एडिपोस टिस्यू) भएको ‘ट्राइग्लिसराइड’ रक्तसञ्चारमा ‘फ्याट्टि एसिड’ र ‘ग्लिसरल’का रूपमा सञ्चारित हुन्छ । यसरी रगतमा मिसिएको ‘फ्याट्टि एसिड’लाई तन्तुहरूले प्रयोग गर्न सक्नेगरी कलेजोले किटोन बडिजमा( पानीमा घुलनसिल हुन सक्ने एक प्रकारको अणु) रूपान्तरण गर्छ भने ‘ग्लिसरल’लाई ग्लुकोजमा । यसरी उर्जाको श्रोत कलेजोको ‘ग्लाइकोजीन’बाट ‘ट्राइग्लिसराइड’मा सर्दा रगतमा हर्मोनहरू परिवर्तन हुन्छ ।

उपवासको समयमा प्याक्रियाटिक आइलेट्स (पाचन थैलीमा भएका –साना डाँडा जस्ता संरचनाहरूमा) र मस्तिष्कमा ग्लुकोजको मात्रामा कमी आएको शरीरले महसुस गर्छ, जसको प्रतिकृयास्वरूप पाचन थैलीको आइलेट्समा भएका बेटा सेलबाट (इनसुलीन श्राप हुने कोषिका) इनसुलीनको श्रापमा कमी आउँछ भने अल्फा सेलबाट (ग्लुकोगनको श्राप कोषिका) ग्लुकोगनको श्रापमा बृद्धि हुन्छ । त्यस्तै अर्को परिवर्तन भनेको एड्रिनल ग्यान्डबाट ‘एपिनाफ्रेन’ हर्मोनको मात्रा बढ्नु हो, जुन हर्मोनले रगतमा सुगरको मात्रा बढाउने काम गर्छ ।
अर्थात् रगतमा सुगरको मात्रा बढी भएमा ‘इन्सुलीन’ पनि धेरै हुने र रगतमा सुगरको मात्रा थोरै भएमा भने‘ग्लुकोगन’को मात्रा धेरै हुने हुन्छ । अनि रगतमा इन्सुलीन जति कम हुँदै जान्छ त्यति नै ग्लुकोगनको मात्रामा बृद्धि हुँदै जाने हुन्छ । ‘ग्लुकोगन’ हर्मोन नै ‘अटोफिजी’ प्रकृयाको लागि इन्धन हो । जति ‘ग्लुकोगन’को मात्रा बढ्दै जान्छ ‘अटोफिजी’ प्रकृया पनि त्यति नै बढ्दै जान्छ । रगतमा पूर्ण रूपले ग्लुकोज सकेर ग्लुकोगन मात्रै बाँकी रहेपछि भने ‘अटोफिजी’ चरम रूपमा शरू हुन्छ ।

धेरै वैज्ञानिकहरूका मत अनुसार मानव शरीरमा १८ देखि २० घण्टा भोकै बसे पछि ‘अटोफिजी’ प्रकृया शुरु हुन्छ । अनि मानिस अनुसार ४८ देखि ७२ घण्टापछि ‘अटोफिजी’ चरम अवस्थामा पुग्छ ।‘अटोफिजी’ प्रकृयामा शरीरमा उपयोग नहुने प्रोटिन जम्मा नभएर पुरै सफाई हँने हुँदा ‘अल्जाइमर’, क्यान्सर लगायतका सबै खाले ‘डिजेनेरेटिभ डिजिज’को नियन्त्रण हुने मात्रै नभई, अनगिन्ती मानसिक र शरीरको स्वास्थ्य लाभ मिल्छ । यस कारण मानिसले निरोगी हुनु वर्षमा एक दुई पटक लामो उपावास बस्नु राम्रो हो ।
सन्दर्भ समग्री
https://idmprogram.com/fasting-and-autophagy-fasting-25/https://medium.com/zero-fasting/fast-your-way-to-autophagy-a8eb08c0dc7ahttps://www.britannica.com/science/tricarboxylic-acid-cyclehttps://www.nature.com/articles/ncomms3316https://www.healthline.com/health/epinephrine-vs-norepinephrinehttps://www.medicalnewstoday.com/articles/316427.php

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका