‘कुनै एक व्यक्तिका कारण देशलाई संवैधानिक संकटतर्फ धकेल्न हुँदैन’



सुरेश आचार्य ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे एक असल, शालीन र सुयोग्य नेतृ हुदाहुदै पनि अहिलेको उहाॅको अडान दलगत राजनीतिमा अस्वभाविक हो । संसदीय राजनीतिले व्यक्तिको विशेषता हेर्दैन, दलको स्वार्थ हेर्छ । मूल कुरा यही हो । When in Rome, be as a Roman त्यसै भनिएको होइन ।

संवैधानिक व्यवस्था पालना हुनुपर्छ, डा. शिवमाया सभामूख बन्ने बनाइने भन्ने कुरा तपसिलको कुरा हो । पहिलो कुरा, डा. शिवमायाले उपसभामूख पदबाट राजीनामा नदिई सभामुखको पदमा उम्मेदवारी नै दिन मिल्दैन । त्यसमा पनि त्यो संवैधानिक व्यवस्थालाई override गरेर आफैले अध्यक्षता गरेर आफै सभामुखको उम्मेदवार बनी आफै निर्वाचित भएको self-proclaimed सभामूख बन्न खोज्ने कार्य राज्यविप्लव सरह मानिनेछ । दोश्रो, कुरा डा. शिवमाया सभामूख हुन नसके, अव बन्ने सभामूख बेइमान र अपराधी नै पर्छ भन्ने कल्पना गरिनु झनै हास्यापद हो । डा. शिवमाया भन्दा तगडा प्रोफाइल भएका संसद सदस्य पनि संसदमा थुप्रै छन् ।

उपसभामूखबाट राजीनामा सभामूख बन्नका लागि पहिलो सर्त हो । यदि, उहाॅले राजीनामा नदिए, उहाॅलाई संविधानको कार्यान्वयनमा अवरोध पुर्याएको अभियोगमा गिरफ्तार गर्न र मुद्दा चलाउन राज्यको क्षेत्राधिकारभित्रै पर्छ । मुख्य कुरा, उपसभामूखबाट राजीनामा नदिएर र सभामूखको निर्वाचन प्रक्रिया समेत अगाडि नबढाएर उहाले संविधानको कार्यान्वयनमा बाधा पुर्याउनुभयो । यस अवस्थामा राज्यले सहज बाटोबाट अवतरण गराउन उहाॅलाई पार्टीको पहलमा संसद सदस्यताबाटै खारेज गरिदिन पनि सक्छ । यसकारण, उपसभामूख डा. शिवमाया प्रकरणमा पार्टी नेतृत्व पंक्तिको अवज्ञा गर्दा उहाॅलाई ठूलो राजनीतिक क्षति हुनसक्छ ।

अर्को कुरा, उहाॅले उपसभामूखबाट राजीनामा दिएपछि उहाॅलाई नै पार्टी नेतृत्व र संसदले समेत सभामूख पदको उम्मेदवार बनाउन बाटो खुल्नसक्छ भन्ने विषय पनि जीवितै रहन्छ । अहिलेको डा.शिवमायाको अडानमय प्रकरणबाट constitutional break down हुन्छ, जुन पेचिलो राजनीतिमा प्रश्न र जटिल तथा गंभीर संवैधानिक समस्या हो । कुनै एक व्यक्तिका कारण देशलाई संवैधानिक संकटतर्फ धकेल्न हुदैन ।

धेरै जनाबाट यो विषयलाई व्यक्तित्व र समावेशीता तथा महिला सशक्तिकरणको दृष्टिमा मात्र हेरिएको छ; त्यो दृष्टि एकांकी हुनथाल्यो, किनभने यस प्रकरणबाट संवैधानिक प्रक्रियामा नै अवरोध पुगेको छ । संसद बैठक चल्न सकेको छैन, सभामूख चुन्न सांसदहरूलाई दिइएको छैन । यसर्थ, उपसभामूख डा. शिवमायाको राजीनामा उहाॅ सभामूख बन्नका लागि मेरो विचारमा पहिलो र एकमात्र सर्त हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो