के यो सरकारलाई असफल पार्नै खोजेको हो ?



डा. युवराज संग्रौला
गतिलो शिक्षा त परै जावस्, उच्च शिक्षालाई जोगाउन पनि नसकिने भयो । विश्वविद्यालयमा उपकुलपति नभएको पाँच महिना भइसक्यो । उच्च शिक्षाको यो कन्तबिजोग किन गरिएको हो ? को जवाफदेही छ यस अकर्मण्यतामा ?

१. विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको एउटा सेमिनारमा मैले भनेको थिएँ, भिसी बनाइदिनुहोस् भनेर आउनेलाइ ढोकाबाट गलहत्याइ दिनुहोस् । भिसीको पद किनबेच नहोस् ।

२. योजना बनाएर विश्वविद्यालय चलाउँछु र दुनियाँसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालय बनाएर देखाउँछु भन्नेलाई भिसी बनाउँ । एक दिन क्लास नपसेको, विद्यार्थी सामना गर्न नसक्ने मानिसलाई भिसी नबनाउनु होस् । हामी विकासमा पछाडि छौँ, शिक्षाको स्तरोन्नति नगरी देशलाई अगाडि बढाउन सकिन्न । विश्वविद्यालय चलाउने मानिस पनि गोजिमा खोज्ने ?

के यो सरकारलाई असफल पार्नै खोजेको हो ? कसले रोकेको हो भिसीको नियुक्ति ? किन बन्न चाहेनन् योग्य मानिसहरु भिसी ? देशको शिक्षा उत्पादन र स्तरहीन छ । त्यसमा पनि पधाधिकारी नियुक्ति नै गर्न नसक्ने यो कस्तो अबान्छित कार्य हो ?

सबन्धन प्राप्त कलेजबाट पैसा उठाएर खाने मानिस डिन छन्, कतिपय प्राध्यापक कहिल्यै क्लासमा पस्दैनन्, सर्टिपिकेट बेचेर दाम कमाउने मानिस विश्वविद्यालय भित्र छन् । शिक्षा मन्त्रीजी के हेरिरहनु भएको छ ? भिसी छान्न समिति गठन भएका थिए, के भयो ? उच्च शिक्षा समाप्त पार्ने खेल त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

काठमाडौं। पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय

‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली