सभामुख चयन हुन नसक्दा संसद बन्धक, प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित



काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् । आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन् ।

उनले सभामुख पदमा आफूलाई निर्वाचित गर्ने सुनिश्चित नभएसम्म पद नछाड्ने जानकारी दुई अध्यक्षलाई गराएकी हुन् । शुक्रबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गरेको थियो ।

तर तुम्बाहाङ्फेले राजीनामा नदिने बताएपछि बालुवाटार पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच आइतबार बिहान छलफल भएको थियो । यही मेसोमा शिवमायालाई पनि दुई अध्यक्षले बालुवाटार बोलाएका थिए । शनिबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो ।

तर, उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णयबारे थाहा नभएको बताउँदै आजबाट प्रतिनिधि सभाको बैठकले निरन्तरता पाउने बताएकी थिइन् । सभामुखमा दौडमा संसदीय दलका नेता सुवास नेम्वाङ र अग्नि सापकोटा छन् । संसदीय दलका उपनेता नेम्वाङको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन् ।

अध्यक्ष प्रचण्डले उनी निकटका सापकोटालाई साथ दिएका छन् । पार्टीको निर्णयपछि पनि राजीनामा नदिने अडानमा रहेकी उपसभामुखको पक्षमा राष्ट्रिपति विद्यादेवी भण्डारीको साथ रहेको बताइएको छ ।

त्रिपक्षीय लडाइँका कारण नेकपाले सभामुख चयन गर्न सकेको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि चार महिनादेखि संसद सभामुखविहीन बनेको छ ।

तुम्बाहाङ्फेले राजीनामा दिन इन्कार गरेपछि आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर माघ ६ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएको हो । सभामुख चयनको विषय टुंगोमा नपुगेपछि आज दिउँसो १ बजेको लागि डाकिएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई अनुरोध गरेपछि आज डाकिएको प्रतिनिधि सभा बैठक स्थगित भएको हो। ।

विशेष कारणले बैठक बस्न नसक्ने भएकोले संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । संसद्को हिउँदे अधिवेशन पौष ४ गतेबाट दुइपटक स्थगित भइसकेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ