सरकारलाई एमसिसी परियोजना स्वीकार गर्न विज्ञको सुझाव



काठमाडौं । विज्ञहरुले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरी लाभ लिन कुनै शंका गर्नु नपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताए ।

एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिति सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उनको भनाई थियो ।

‘हाम्रो राष्ट्र त्यति कमजोर भएको जस्तो लाग्दैन । एउटा सम्झौताले ह्वारह्वारती सेनाहरु आएर कब्जा गर्ने परिस्थिति हुन्छ भन्या जस्ता कुराहरु सामाजिक सञ्जालमा देखिन्छ । अनि त्यस्तो छलफलले राष्ट्र कमजोर हुने की बलियो ?’, उनले भने, ‘विभाजित मानसिकता लिएर होइन । हाम्रो राष्ट्रको हात माथि पर्नुपर्छ र परेको छ भन्ने भावनाको विकास हुनुपर्छ ।’

पूर्वराजदुत डा. शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताए । अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरेपनि नेपालले सहि नै नगरेको विषयमा जवरजस्ती गर्न नआउने तर्क उनले गरे ।

विवेकशील नेपाली दलका प्रवक्ता डा. सूर्यराज आचार्यले नेपालीहरुको अकर्मन्यताले एमसिसीको विषयमा विवाद उत्पन्न भएको बताए । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र विकासका नीतिहरु स्पष्ट गर्न सकेमा एमसिसीमा जस्तो अवरोध पुनः नदोहोरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त