आयुर्वेदको कुरा



डा. गोविन्दशरण उपाध्याय| 

आयुर्वेदका सबै ग्रन्थहरू संस्कृतमा लेखिएका छन् | आयुर्वेदको विकास गर्छौं भन्नेहरूले विद्यार्थीहरूलाई प्राथमिकतह देखिनै संस्कृत सिकाउँनु आवश्यक छ | नेपालमा आयुर्वेदको पढाई त हुन्छ तर नेपाली, अंग्रेजी र संस्कृत मिसाएर | अहिले उत्पादन भएका आयुर्वेदाचार्यले संस्कृतमा लेखिएका आयुर्वेद सम्वन्धी प्राचीन जानकारीहरूलाई संस्कृत मैं बुझ्न सक्दैनन् | हिन्दी, नेपाली वा अंग्रेजीको सहयता लिन्छन् |

आयुर्वेद विश्वको सबैभन्दा प्राचीन स्वास्थ्य विधा हो भन्ने तर संस्कृतको समुचित ज्ञान नभईकन आयुर्वेदको संरक्षण, प्रवर्धन तथा अनुसन्धान हुनै सक्दैन भन्ने तत्थ्यलाई आत्मसात् गर्न नसक्नु नै हाम्रो कमजोरी हो | भारतीय विद्वानहरूले पनि स्वीकार गरेको तत्थ्य के हो भने नेपालमा झैं आयुर्वेदका प्राचीन ग्रन्थहरू भारतमा पनि उपलब्ध छैनन् | पुरातत्व तथा व्यक्तिगत रूपमा घरमा रहेका आयुर्वेदका ग्रन्थहरू खोज्ने र तिनमा अनुसन्धान गराउनेतिर आयुर्वेद क्याम्पसको बढी ध्यान हुनुपर्छ | आयुर्वेद पढेर आयुर्वेदाचार्य लेख्नुमा गौरव नठानेर डा. लेख्नेहरूबाट आयुर्वेदको उत्थान पटक्कै हुँदैन |

आज पनि आयुर्वेदका ठूला जानकार विद्वानहरू नेपालमा उपलब्ध छन् | यी विद्वानहरूसंग आधुनिक डिग्री नहोला तर अनुभवको विशाल भण्डार उहाँहरूसंग छ | गतवर्ष जरोकिलो प्रतिष्ठान नेपालका अध्यक्ष डा, अधिकारीहरू सहितको एउटा टोलीले भक्तपुरका रैथाने बैद्यहरूसंग लेखकले कुरा गर्दा आज पनि आयुर्वेद कलेजबाट उत्पादन भएका वैद्यहरू भन्दा उनीहरूको ज्ञान उम्दा रहेको हाम्रो ठहर थियो | आयुर्वेद कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई यी परम्परागत वैद्यहरू कहाँ इन्टरनसीपमा पठाउने ब्यबस्थामात्र पनि गर्ने हो भने आयुर्वेदका असंख्य ज्ञानहरूले पुनर्जीवन प्राप्त गर्ने निश्चित छ |

यदि साच्चिकै आयुर्वेदको प्रवर्धन गर्न छ भने आयुर्वेद पढ्ने विद्यार्थीहरू संस्कृतमा पुख्त हुनुपर्छ र अंग्रेजीमा पनि दखल राखेको हुनुपर्छ | संस्कृतको ज्ञानले प्राचीन आयुर्वेदको आत्मामा पुग्न मदत गर्छ भने अंग्रेजीको ज्ञानले प्राचीन आयुर्वेदलाई विश्वमा पस्किन मदत गर्छ | आफ्ना अनुसन्धान कृतिहरूका विषयमा अंग्रेजी बुझ्नेहरू माँझ लैजान सजिलो पर्छ |

आजको समयमा ज्ञानको प्रसार गर्ने माध्यम अंग्रेजी नै हो तर एसको अर्थ गुदीमा नै नपसी विज्ञ बनेर अनुमानका आधारमा लेखिएका आयुर्वेदका विषयहरूलाई स्वीकार्न सकिन्न र ती प्रमाणिक पनि हुँदैनन् | संस्कृतमा पुख्त विद्वानले नेपाली वा संस्कृतमै अनुसन्धान मूलक रचना लेख्ने हो भने तेसलाई भाषा विज्ञले अंग्रेजीमा अनुवाद गर्दा हुन्छ | संस्कृत र अंग्रेजी दूवै भाषाका आयुर्वेदका ज्ञाताहरू थोरै छन् | अंग्रेजी जान्नेहरूमात्र विज्ञ हुन्छन्, अंग्रेजीमा लेखिएको कुरामात्र प्रमाणिक हुन्छ भन्ने मूर्खतापूर्ण चिन्तनबाट वाहिर निस्किनुपर्छ |

आयुर्वेद निसन्देह: विज्ञान हो | यो प्राचीन विज्ञानलाई समय सापेक्ष बनाउनुपर्छ | अनुमानका भरमा “मैले एड्स निको पार्न सक्छु, क्यान्सर निको पार्न सक्छु, मृगौला ठीक पार्न सक्छु”जस्ता सस्ता वैद्यहरूले आयुर्वेदको विज्ञानको हत्या गर्छन् | आयुर्वेदमा निश्चय नै असाध्य रोगहरूको उपचार होला तर विज्ञानका रूपमा यो सबै प्रमाणित गर्नसक्नुपर्छ | यदि आयुर्वेदमा साच्चिकै एड्स, मृगौलाआदि दीर्घरोगहरू निको पार्न सक्ने औषधि छन् भने तिनको पेटेन्ट-राइट लिएर विश्वब्यापी बनाउनुपर्छ | अन्यथा, प्रमाणित नभएका कुराहरू “भुक्नु” हुँदैन |

विश्वलाई थाहा छ : नेपालमा जति जडिबुटी अन्न्यत्र पाइन्नन् | हामीसंग आयुर्वेदमा प्रयोग गरिने असंख्य जडिबुटीहरू उपलब्ध छन् | तिनको उपयोग हामीले गर्न सकेका छैनौं भने विदेशीहरूले कौडीको मूल्यमा लगेर अर्बौंको ब्यापार गरिरहेका छन् | योगगुरू रामदेव र वालकृष्णको जोडीले आयुर्वेदप्रति विश्वको ध्यान आकर्षण गर्न सफल भएका छन् तर हाम्रै देशका “वैद्य”हरू अपहेलित छन् | नेपालमा हजारौं रामदेवहरू छन्, तिनलाई केवल संरक्षण, सहयोग तथा अवसरको आवश्यकता छ | यदि नेपाल कसैके विकसित र विश्वमा सम्मानित बनाउन सक्छ भने ती हुन् : संस्कृत र आयुर्वेद | संस्कृत र आयुर्वेद छोडे नेपालको पहिचान अधुरो रहन्छ |

संस्कृतमा पोख्त नभएकाहरूले आयुर्वेदसंग न्याय गर्न सक्दैनन् | हिन्दू, जैन बौद्ध तथा अन्य रैथाने आयुर्वेद पद्धतिको रक्षा पनि संस्कृतको ज्ञानले सुनिश्चित हुन्छ | सरकारी निकाय एस विषयमा खरो छैन तर निजी तथा समाज सेवामा आधारित आयुर्वेदले एसतिर ध्यान दिनु आवस्यक छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित छैनः भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच

‘प्रधानमन्त्रीले बाहिरबाट निर्देशित भएर यस्तो कदम चाल्नु भएको हो कि भन्ने देखिँदैन’

-जयप्रकाश गुप्ता।  ० मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? -समस्याको जरो

‘यीनीहरुले देखाउने पटके चटकलाई राजा महेन्द्रको देशभक्तिसँग तुलना गर्नेलाई मूर्खको पुरस्कार दिनुपर्छ’

भरत दाहाल । दिल्लीको सत्ताले ०५९ सालमा पुष्पकमल र बाबुरामलाई अटलविहारी वाजपेयीको कार्यालयमा

भारतले भन्यो-सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ

काठमाडौं । सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको