जिल्ला सभापतिहरुसँग देउवाले भने -महाधिवेशनको मिति परिवर्तन गर्न सकिन्न



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग बिहीबार देउवाले भेटवार्ता गरेका हुन् ।

सभापति देउवासँगको भेटमा जिल्ला सभापतिहरुले आफ्नो असहमतिका कुरा राखेको जुम्लाका सभापति दीपबहादुर शाहीले जानकारी दिए । सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफूहरुले असन्तुष्टि राखेको उनले बताए । दिनप्रतिदिन जिल्ला सभापतिहरुको अधिकार कटौती भइरहेको विषयमा पनि आफुहरुले कुरा राखेको उनले बताए ।

जिल्ला सभापतिहरुसँगको भेटमा देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिएको उनले बताए । वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाई नबोलाउने भनेर सभापति देउवाले चित्त दुखाउनुभएको उनले बताए ।

ललितपुर जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडी बढ्नुको बिकल्प नभएको बताए । उनले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमित र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुको रहेको बताए । नेपाली कांग्रेसको पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ गते महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुर्याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो । पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएका थिए । भेला तीन दिनसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३

लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु

  काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म