सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै देवले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनीतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायिकाको मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् । उनले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शीर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए ।

उनले भने, “यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शीर्ष नेताहरुको निरंकुशताको बन्दी हुने ? यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ । ”

उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलीले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रिपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई आग्रह गरे ।

उनले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए । उनले भने, “विधि र प्रक्रियाप्रतिको मेरो ध्यानाकर्षण हो । संबैधानिक व्यवस्थालाई मान्ने कि नमान्ने ? लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने कि नमान्ने ? जनताको बहुदलिय जनवादको चुरोलाई मान्ने कि नमान्ने नेकपाले अब ? कि छोड्यो त्यो बाटो ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देउवाद्वारा आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न अर्थ मन्त्रालयको निर्देशन

  काठमाडौँ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

  काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका