जिल्ला सभापतिहरुले दिएको सुझावबाट उत्साहित भएको छुः रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमाआफू निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताएका छन् ।

बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफू उत्साहित भएको बताए । उनले पुस ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएका दाबी गरे ।

केन्द्रीय कार्यसमितिको नाममा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेशनलाई अनिश्चित बनाएको बताए ।

त्यस्तै नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरु माथि एक भएर लड्नुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको आरोप लगाए ।

उनले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए । नेपाली कांग्रेसको पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने लगायत विभागहरुको संख्या बढाई ४७ पुर्याउने निर्णय गरेको थियो । त्यस यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ